भेरीगंगा नगरमा बजार अनुगमनमा तीव्रता

0
213

भेरीगंगा, फागुन २१-भेरीगंगा नगरपालिका कार्यालय उद्योग विकास शाखाले केही हप्तायता नगरभित्र बजार अनुगमन तीव्र पारेको छ । नगरका बजारहरु छिन्चु, रामघाट र जहरे बजारमा अनुगमन सुरु गरिएको हो ।

बजार अनुगमनका क्रममा तीन वटै बजार मा म्याद नाघेका वस्तुहरु विक्री गर्ने गरेको पाएको छ । उद्योग विकास शाखा बजार अनुगमन समितिले गरेको बजार अनुगमनमा विभिन्न स्थानमा म्याद नाघेका खाद्य सामग्रीहरु फेला परेको हो । उपप्रमुख रेणु आचार्य ढकालको नेतृत्वमा भएको अनुगमन टोलीले म्याद नाघेका विभिन्न सामान जफत गर्दै व्यापारीलाई सचेत गरेको उद्योक्ष् विकास शाखा अनुगमन संयोजक चित्रा डाङ्गीले बताउनुभयो ।

अनुगमनका क्रममा व्यापारीक पसलमा मुल्यसुची, नभएको, कर चुक्ता नभएको, म्याद गुजे्रका सामान बिक्री गरेको र व्यवसाय दर्ता नगरी गैरकानुनी सञ्चालन गरेको भेटिएको संयोजक डाङ्गीले जानकारी दिनुभयो । जफत गरिएका जिरा पाउडर, जुस, बेसार, बिस्कुट, सुप, भुजा, चना बेसन, चिसो पियपदार्थ, तेल लगायतका रहेका छन् ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here