भेरीगंगा, असार २९ – भेरीगंगा नगरपालिका कार्यालय सुर्खेतले आगामी आर्थिक वर्ष २०७८÷७९ का लागि प्रस्तुत वजेट पारित भएको छ । असार १० गते ९ औं नगरसभामा उपप्रमुख रेणु आचार्यले प्रस्तुत गर्नुभएको ५९ करोड ८८ लाख ३३९ रुपैँयाको प्रस्तावित वजेट मंगलबारको नगरसभाले पारित गरेको हो ।

नगर सभाले आगामी आर्थिक बर्षमा विषयगत क्षेत्रमा ३ करोड २० लाख, वडातर्फ ५ करोड ६ लाख, नगरपालिकातर्फ ८ करोड ४९ लाख २९ हजार, राजस्व बाँडफाड, आन्तरिक श्रोत, वित्तिय समानिकरणतर्फ २८ करोड ५३ लाख ८३ लाख ३३९ रुपैँया, प्रशासनिक चालू खर्चतर्फ ११ करोड ७८ लाख ५६ हजार ३३९ रुपैँया पारित गरेको हो । आगामी बर्षमा नगरले आर्थिक विकास, पुश विकास, घरेलु तथा साना उद्योग विकास, पर्यटन, सहकारी, राजस्व वृद्धि, सामाजिक विकास, स्वास्थ्य, पोषण कार्यक्रम, बर्थिङ कार्यक्रम, स्वास्थ्य, आयुर्वेद, खानेपानी तथा सरसफाई, संस्कृति, समावेशीकरण, उपप्रमुख स्वरोजगार कार्यक्रम, लक्षित समुदायि, पूर्वाधार विकास कार्यक्रमहरु नगर सभामा प्रस्तुत गरिएको मेयर भुपेन्द्रबहादुर चन्दले बताउनुभयो नगरले चालू बर्षमा वडाहरुलाई एकमुष्ट ५ करोड ६ लाख बजेट विनियोजन समेत गरिएको छ । जसमा वडालाई ३२ लाखदेखि ५० लाखसम्म विनियोजन गरिएको छ । जसमा वडा नम्बर १ मा ३९ लाख, २ मा ४१ लाख, ३ मा ३६ लाख, ४ मा ४० लाख, ५ मा ४० लाख, ६ मा ४० लाख, ७ मा ३२ लाख, ८ मा ३९ लाख, ९ मा ३९ लाख, १० मा ४० लाख, ११ मा ४१ लाख, १२ मा ४० लाख र १३ वडामा ३९ लाख बजेट रहेको छ । नगर सभामा कार्यपालिका सदस्य पदम खत्रीले ‘भामा प्रस्ताव गर्नुभएको बजेट तथा ऐन सर्वसम्मत पारित गरेको छ । भेरीगंगा नगरपालिकाको बजेट तथा कार्यक्रम २०७८, भेरीगंगा नगरपालिकाको स्थानीय कर्मचारी सेवा ऐन २०७८ र भेरीगंगा नगरपालिकाको शिक्षा ऐन २०७५ को दोस्रो संशोधन पारित गरिएको हो ।

नगरसभाबाट दलित संग्राहलय भेरीगंगा ८ डुमकोटलाई १ करोड ३५ लाख, कोभिड रोकथाममा ५० लाख, छिन्चु बसपार्कका लागि १० लाख, नगरस्तरीय दलित सिप विकास तालिममा १५ लाख, नगरस्तरीय रंगशाला निर्माण मैनतडा ८ मा १० लाख, नगरस्तरीय योजनाका लागि १३ वडामा २० लाखका दरले २ करोड ६० लाख, छोरी लक्ष्मी बचत कार्यक्रमका लागि १० लाख बजेट पारित गरिएको छ ।

 

 

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here