भेरीगंगा नगरको भविष्यको आशा भेरी–बबई आयोजना

0
302

सुर्खेत, साउन १०- बाँके र बर्दिया जिल्लाको ५१ हजार हेक्टर भूमिमा १२ महिना सिंचाइ सुविधा उपलब्ध गराउने र ४८ मेगवाट जलबिद्युत उत्पादन गर्ने लक्ष्य आयोजनाको रहेको छ । १२ महिना सिंचाइ उपलब्धताबाट कृषि उत्पादन बढ्न गई वार्षिक ३.१ अर्ब अप्रत्यक्ष तथा विद्युतबाट २.१ अर्ब प्रत्यक्ष आम्दानी हुने अनुमान छ । यस आयोजना आर्थिक बर्ष २०६८÷०६९ मा शुरु भई आर्थिक बर्ष २०७६÷०७७ मा सम्पन्न गर्ने लक्ष्य रहेकोमा संशोधित तालिका अनुसार आर्थिक बर्ष २०७८÷०७९ मा सम्पन्न हुनेछ । आयोजनाको कूल लागत रु. १६ अर्व ४३ करोड लाग्ने अनुमान रहेको छ ।

भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाको लक्ष्य भेरीको पानी बबईमा खसालेर बाँके र बर्दियाको ५१ हजार हेक्टर जमीनमा सिँचाइ सुविधा पुर्याउनुका साथै ४८ मेगावाट विद्युत् उत्पादन गर्ने छ । सुरुङ निर्माण कार्यमा करीब ७०० नेपाली र ८० चिनियाँ कामदार चौबिसै घण्टा खटिएका छन् । सिँचाइ विभागद्वारा संशोधित गुरुयोजना अनुसार टनेल निर्माण, बाँध, विद्युतगृह, हाइड्रोमेकानिकल र इलेक्ट्रोमेकानिकल लगायत काम सम्पन्न गर्न रु ३३ अर्ब १९ करोड खर्च हुनेछ । भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनामा नेपालमा पहिलोपटक प्रयोग गरिएको टनेल बोरिङ मेसिन (टिबिएम) को सफल परीक्षण भएको छ । सुरुङको लम्बाइ १२ हजार मिटर छ । प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा राष्ट्रिय गौरवको भेरी बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाको सुरुङ निर्माणको २०७६ बैशाख ३ गते मंगलबार ‘ब्रेक थु्र’ भएको छ । चीनको सीआइसी र चाइना इञ्जिनियरिङ ओभरसिज प्रालि (कोभेक)को संयुक्त निर्माणमा बनिरहेको आयोजना समयभन्दा मोटामोटी १ वर्ष अगावै निर्माण सम्पन्न हुन लागेको छ ।

भेरीगंगा नगरपालिका–११ को चिप्लेस्थित भेरी नदिमा आयोजनाको जलाशय अर्थात ड्याम निर्माण थालिएको छ । बबई नदीको किनार हात्तीखालबाट १२ किमी २१० मिटर चुरे पर्वत छिचोल्दै मेसिन भेरी किनारको चिप्लेमा आइपुगेको छ । विसं २०७४ कात्तिक मसान्तदेखि टीबीएमको सहायताले सुरुङ खन्न थालिएको थियो । सिंचाइ विभाग र कोभेकबीचको सम्झौतामा सुरुङ खन्ने अवधि २०७६ चैत १५ गतेसम्म थियो । पहिलो पटक नेपाल भित्रिएको टीबीएमको सफल परीक्षणका कारण सुरुङ निर्माण कार्य एकवर्ष अगावै सम्पन्न भएको हो । सुरुङ खन्न अमेरिकी कम्पनी रोबिन्सले निर्माण गरेको चालकरहित टीबीएम मेसिन नेपालमै पहिलो पटक प्रयोगमा आएको हो । नेपालमा यसअघि ड्रिलिङ र ब्लास्टिङबाट मात्रै सुरुङ खन्ने प्रचलन थियो । मुलुकमै पहिलोपटक बहुउद्देश्यीय, एउटा बेसिनबाट अर्को बेसिनमा स्थानान्तरण, मेसिनले सुरुङ खन्नेजस्ता विशेषताका कारण यसलाई नमूना आयोजना भन्ने गरिएको छ । सिँचाइ विभागका प्राविधिक भेरी–बबईको सफल परीक्षणका कारण अन्य स्थानमा पनि यस्ता आयोजना सञ्चालन गर्न सकिने बताउँछन् । प्रतिसेकेन्ड ४० घनमिटर भेरीको पानीलाई सुरुङमार्फत बबई नदीमा खसालेर विद्युत् उत्पादन गर्ने र ५ नं प्रदेशका बाँके र बर्दियाको ५१ हजार हेक्टर क्षेत्रफल जमीनमा सिंचाइ सुविधा पु¥याउने उद्देश्यले आयोजना शुरु भएको हो । सुरुङ खन्ने चुनौतीपूर्ण काम सकिए पनि आयोजनामा अन्य पूर्वाधारको काम भने बाँकी नै छन् । विद्युत् उत्पादनदेखि सिँचाइका लागि पानी खसाल्ने ब्यारेज निर्माणको काम बल्ल शुरु भएको छ । आयोजनाका अनुसार बबईमा पानी खसाल्न चिप्लेमा ६ गेजको ब्यारेज निर्माण गरिने छ । ब्यारेज ११४ मिटर लामो र १४ मिटर अग्लो हुनेछ ।

त्यस्तै, ४६ दशमलव ८ मेगावाट विद्युत् उत्पादन गरी राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ । यसका लागि हात्तीखालमा विद्युतगृह निर्माण कार्यको प्रक्रिया शुरु भइसकेको छ । सिंचाइ विभागले यहाँबाट उत्पादित विद्युतको आम्दानी वार्षिक करीब चार अर्ब तीन करोड र १२ महिना सिँचाइ उपलब्धता भई कृषि उत्पादन बढेर वार्षिक तीन अर्ब १० करोड अप्रत्यक्ष आम्दानी हुने दाबी गरेको छ । अहिले आयोजना स्थलका बासिन्दाले रोजगारी पाउनुका साथै प्रभावित क्षेत्रका लागि विभिन्न भौतिक पूर्वाधार निर्माण भइरहेका छन् । अहिले आयोजनाको भेरीगंगाका प्रभावित क्षेत्रका बासिन्दाले पूर्वाधार विकास, मुआब्जा वितरण, रोजगारीजस्ता कार्यक्रमको प्रत्याभूति भएको छ । गुर्भाकोट, भेरीगंगा र लेकबेंसी नगरपालिकाका भेरी र बबई किनारका बासिन्दा यो भेरी–बबई आयोजनाबाट प्रभावित हुनेछन् ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here