भेरीगंगा, साउन ७- भेरीगंगा नगरपालिकाका १३ वटै वडामा अन्य पशुपालन भन्दा व्यवसायीक बाख्रापालन फस्टाउँदै गएको छ । कृषि नै मुख्य पेशा रहेको भेरीगंगामा व्यवसायीक बाख्रापालनतर्फ यहाँका कृषक आकर्षित भएका हुन् । जंगली र ग्रामिण क्षेत्र रहेको नगरमा अहिले घरघरमा बाख्रापालन हुने गरेको छ । वडा नम्बर १,२,३,४, ५, ६, ७ वडामा सबैभन्दा धेरै व्यवसायीक बाख्रापालन हुने गरेको छ ।


नगरपालिकाको तथ्या अनुुसार नगरभित्र गाई १,४५२, गोरु २,१२३, भैँसी १८४८, राँगा २३, घोडा १०२, बाख्रा २४,१८१, भेँडा च्याङ्ग्रा ८,२७, सुँगुर बङ्गुर, ४०५ र अन्य पशुधन ९ पालन हुँदै आएको छ । जसमा सबैभन्दा धेरै बाखा्र २४ हजार १८१ वटा पालन भएको छ । अहिलेसम्म नगरपालिकामा ३० हजार ९४९ वटा पशुहरु कृषकले पालेको तथ्याक रहेको छ । भेरीगंगा वडा नम्बर ४ हर्रेका मोहन खत्रीले आफूहरुले व्यवसायीक बाख्रापालन गर्दै आएको बताउनुभयो । बाख्रापालन अहिले व्यवसायीक रुपमा चलेको उहाँको भनाई छ । यो क्षेत्रमा घरघरमा बाख्रापालन हुने गरेको उहाँको भनाई छ । यस नगर क्षेत्रभित्र पालिएका पशुधन तथा तिनीहरूबाट उत्पादन हुने दूध, मासु, अण्डा सम्बन्धी विश्लेषण गर्दा गाई तथा भैँसीमध्ये गाईको संख्या धेरै पाइएको छ । पालिएका पशुहरूको नश्ल हेर्दा धेरै स्थानीय जातको पाल्ने गरेको तथ्याङ्क देखिन्छ । नगरपालिकाका कुल घरधुरीहरु मध्ये आफ्नै उत्पादनले ३ महिना खान पुग्ने, ६ महिना खान पुग्ने, ९ महिना खान पुग्ने १२ महिना खान पुग्ने, १२ महिना खान पुगेर बेच्ने घरपरिबार गरी बस्नेहरु रहेका छन् । भेरीगंगामा पशुपालनबाट दुध प्रतिबर्ष लिटर १ लाख १३ हजार ६४२, अण्डा प्रतिबर्ष ४५ हजार २२ वटा, मह प्रतिबर्ष किलो ६१९ उत्पादन हुँदै आएको छ । नगरका २८ प्रतिशत घरधूरीहरु ६ महिना सम्म खान पुग्ने रहेका छन्भने खान पुगेर बेच्न पुग्ने घरधूरी करिब २ प्रतिशत रहेको पाइन्छ । नगरबासीहरूले अपनाउने पेशालाई कृषि र पशुपालन, नोकरी÷जागिर, व्यापार व्यवसाय, वैदेशिक रोजगारी अन्य गरी ५ समूहमा विभाजन गरी विश्लेषण गर्दा सबैभन्दा बढी कृषि पेशा गर्ने जनसख्या ७४.४६ प्रतिशत रहेको छ ।
नगरपालिकाले सामुहिक रुपमा व्यवसायिक पशुपालन, फलफुलखेती माछापालन कुखुरा पालनलाई जोड दिदै आएको छ । पशुपालनमा आर्थिक सहयोग समेत गरि बजारीकरण सहजीकरण गर्दै आएको छ । विभिन्न स्थानमा घाँस खेती गरि पशुपालन गर्न चाहने कृषकका लागि सहजीकरण, बिभिन्न संघ संस्थासँग सहकार्य गरि पशु विमा कार्यक्रम लागु भएको छ । भेरीगंगा नगरपालिकालाई व्यवसायिक कृषि क्षेत्रको नामवाट परिचित गराउनको लागि यस क्षेत्रको आँप तथा लिचि खेतिलाई अझ व्यवसायिक वनाई आयआर्जनको वाटो तर्फ अगाडि वढाउन एक घर दुई विरुवा नीति अवलम्वन गरेको छ । आर्थिक बर्ष २०७६।२०७७ मा पशु शाखामार्फत नगरमा पशुपालनका लागि २५ लाख बजेट विनियोजन गरि खर्च गरिएको छ ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here