भेरीगगा, चैत १७-भेरीगंगा नगरपालिकामा गरिवसंग बिशेश्वर कार्यक्रम अन्तर्गत नगरमा रहेका महिला समूहरुलाई कृषि र पशुपालन सम्बन्धि सामग्री हस्तान्तरण गरिएको छ । गरिवसंग बिशेश्वर महिला समूहहरुलाई एक कार्यक्रमका बिच मंगलबार सामग्री हस्तान्तरण गरिएको हो ।

भेरीगंगा नगरपालिकाका मेयर भुपेन्द्रबहादुर चन्द, उपमेयर रेणु आचार्य र प्रमुख प्रशासकिय अधिकृत जगतबहादुर बस्नेतले छिन्चुका चार वटा महिला समूहलाई उक्त सामग्री हस्तान्तरण गरेका हुन् । नगरको छिन्चुमा रहेका सरस्वती समूह, प्रगति समूह, नमुना र हरियाली समूहलाई एक लाख ३८ हजार मूल्य बराबरको सामग्री हस्तान्तरण गरिएको हो । वितरीत सामग्रीमा ३०० एमएमको ५ सय मिटर पाईप, बुगुर बाख्रा खोरका लागि जाली ७० मिटर, घाँस काट्ने मेशन र पानी सिँचाई मोटर रहेका छन् । वि.स. २०५६ सालबाट नेपाल सरकारले देशभर गरिवसंग विशेश्वर कार्यक्रम संचालन गर्दै आएकोमा भेरीगंगाको साविक छिन्चु गाविसमा कार्यक्रम संचालनमा रहेको छ । भेरीगंगा नगरपालिकाले भने यो कार्यक्रमलाई निरन्तरता दिने मेयर चन्दले बताउनुभयो । नगरपालिकाबाट अन्य कार्यक्रम र बजेटका लागि सहयोग गर्न तत्पर रहेको बताउनुभयो । भेरीगंगामा गरिवसंग विशेश्वर कार्यक्रम अन्तर्गत ११ वटा महिला समुहहरु रहेका छन् ।

यस कार्यक्रमका लागि संघीय सरकारले शशर्त अनुदान अन्तर्गत बार्षिक तीन लाख बजेट विनियोजन गर्दै आएको छ । सामग्री हस्तान्तरण कार्यक्रम मुल समिति अध्यक्ष अमृत भण्डारीको सभापतित्वमा भएको थियो भने संचालक गोरखबहादुर बुढाले गरेका थिए ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here