भेरीगंगाको १, २ र ३ वडामा नँया बर्षको उपहार विजुली बत्ती, मेयर, उपमेयरको वाचा पुरा

0
222

भेरीगंगा, चैत १५- भेरीगंगा नगरपालिकाका विजुली बत्ती विस्तार हुन नसकेको वडा नम्बर १,२ र ३ को लेखपराजुल क्षेत्रमा बत्ती विस्तार भएको छ । मंगलबार एक कार्यक्रमका बिच बत्ती विस्तारको नगर प्रमुख भुपेन्द्रबहादुर चन्द र उपमेयर रेणु आचार्यले उद्घाटन गरेसंगगै घरघरमा बत्ती बलेको हो ।

चैत १५ गते मंगलबार विहान ११ बजे भेरीगंगा नगरपालिका वडा नम्बर ३ स्थित डुङ्गीखोलामा भेरीगंगा नगरपालिकामा संचालित सामुदायिक विद्युतीकरण आयोजना अन्तर्गत वडा नं १,२, र ३ को पहिलो सम्झौता अनुसारको काम सम्पन्न भई बत्ती विस्तार भएको वडाअध्यक्ष जितबहादुर सुनारले बताउनुभयो । बत्ती उद्घाटनसंगै साविक लेखपराजुलका हाल वडा नम्बर १,२ र ३ मा एकैसाथ बत्ती बाल्न सुरु भएको हो । झण्डै ११ करोड लागतमा विस्तार सुरु भएको विद्युत विस्तार लेखपराजुल क्षेत्रमा विस्तार भएसंगै नगर प्रमुख चन्द र उपमेयर आचार्यको वाचा पुरा भएको छ । चुनाव अघि र चुनाव जितेपछि भेरीगंगाका विकट वडाहरु १,२,३ र विकट वस्ती रहेका वडा नम्बर ४,५,६ र ७ का घरहरुमा दुई चरणमा बत्ती जडान गरि बल्न थालेको छ । नगरपालिका वडा नम्बर ६ र ७ का दुर्गम बस्तीमा गएको पुष महिनामा बत्ती विस्तार पुरा भएको थियो । बाँकी वडाको रुपमा लेखपराजुलमा बत्ती विस्तारको काम अन्तिम चरणमा पुगेपछि मंगलबार टुगिएको छ ।

वडा नम्बर ६ र ७ का लेखझिङ्ग्नी, ठुलाखाली, कैनपानी, सामाखोरिया र सृजनाटोलमा बत्ती विस्तार भईसकेको र बाँकी १,२,३ वडामा मंगलबारदेखि बत्ती विस्तार र बत्ती बाल्ने विकट वडाबासीको सपना पुरा भएको भेरीगंगा नगरपालिकाका उपमेयर रेणु आचार्यले जानकारी दिनुभयो । नेपाल विद्युत प्राधिकरणको सामुदायिक विद्युतीकरण कार्यक्रमको ९०% र भेरिगंगा नगरपालिकाको १०% लागत साझेदारी अन्तर्गत ११ करोड लागतमा नगरका १,२,३,४,६ र ७ वडाका दुर्गम, विकट बस्तीमा विद्युतीकरण भएको आर्चायले बताउनुभयो । नेपाल विद्युत प्राधिकरण, ग्रामिण विद्युतीकरण कार्यक्रम अन्तर्गत भेरीगंगाका ६ वडाका ३,५६० घरधुरीमा विद्युत विस्तार भएको छ । जसमा सामुदायिक बिधुतीकरण कार्यक्रमको १० करोड २० लाख ३१ हजार ४१० र भेरीगंगा नगरको १ करोड २ लाख ३ हजार १४१ लगानी रहेको छ ।

विद्युत विस्तारमा १३ थान ५० केभिएका ट्रान्सर्फमर र १५०० वटा स्टिल पोल गाडिएका छन् । अहिले सबै वडामा विद्युतका पोल गाडिएको छभने तार विस्तार काम पनि भैईरहेको छ । भेरीगंगा नगरका उपमेयर रेणु आचार्यले २०७६ जेठ २० गते सामुदायिक बिधुतीकरण कार्यक्रमसंग विद्युत विस्तारका लागि सम्झौता गर्नुभएको थियो ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here