भेरीगंगाको रामघाटमा प्रादेशिक अन्तराष्ट्रिय विमानस्थल बनाउने सरकारको निर्णय

0
633

सुर्खेत, जेठ ९- गएको बैशाख २५ गते नेपाली कांग्रेसका केन्द्रिय उपसभापति तथा क्षेत्र नम्बर १ का पुर्व सांसद पुर्णबहादुर खड्काले छिन्चुमा आयोेजित चुनावी सभालाई सम्बोधन गर्दै चुनावपछि प्रादेशिक क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल रामघाटमै बन्ने स्वीकृत पाउने बताएका थिए । उनको भनाई थियोः रामघाटमा विमानस्थ्ल विस्तार स्वीकृतका लागि चुनावपछि पहिलो मन्त्रीपरिषद् बैठकबाट निर्णय हुन्छ र आगामी आर्थिक बर्ष २०७९।०८० को निति, कार्यक्रममा बजेटबाटै सम्बोधन गरेर काम अगाडी बढ्छ । उनको गुनासो थियोः मैले तत्कालिन पर्यटनमन्त्री रविन्द्र अधिकारी हुँदा विशेष पहलमा रामघाटमा विमानस्थलको निरीक्षण गरि सम्भावायता अध्ययन गरिदिन आग्रह अनुसार डिपिआर बन्यो तर एमाले सरकार बनेपछि काम अगाडी बढाईन् । सुर्खेत क्षेत्र नम्बर १ का जनताले मलाई हराए तर जित्ने नेताले काम गरेनन् । अव चुनावपछि रामघाट विमानस्थले पुर्णता पाउने वाचा गरे अनुसार सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले भेरीगंगाको रामघाटमा प्रदेशस्तरीय विमानस्थल निर्माणका लागि स्वीकृत प्रदान गरेको छ ।

स्वीकृत प्रदानसंगै कर्णाली प्रादेशिक विमानस्थल अव रामघाटमा बन्ने निश्चित भएको नेपाली कांग्रेस क्षेत्र नम्बर १ का क्षेत्रीय सचिव पदम खत्रीले बताए । यो क्षेत्रबाट निर्वाचित अन्य सांसदले आफ्नो प्रधानमन्त्रीको चारबर्षसम्म सरकार बन्दा नगरेको काम अहिलेका कांग्रेस उपसभापति तथा नेता पुर्णबहादुर खड्काको पहलमा मन्त्रीपरिषद्बाट स्वीकृत पाएको खत्रीले भने । खड्काले नेपाली कांग्रेस भेरीगंगा र लेकबेशी नगर कमिटिले स्थानीय तह चुनावी आमसभा गर्दा चुनावपछि पुर्णता पाउने उद्घोष गरेको बोलीले पुर्णता पाएको क्षेत्रीय सचिव सोमबार बसेको नेपाल सरकार मन्त्रीपरिषद्को बैठकले भेरीगंगाको रामघाटमा प्रदेशस्तरीय विमानस्थल निर्माणका लागि स्वीकृत भएको निर्णय गरेको छ । नेता खड्काले गएको बैशाख २५ गते चुनावी सभामा आफ्नो पहलमा अव रामघाट पक्की पुल निर्माण, रामघाटमा भन्ने प्रादेशिक विमानस्थल, सुकुम्बासीलाई जग्गा वितरण र अन्य अधुरा काम छिटै पुर्ण हुने बताएका थिए । आजभन्दा पाँच बर्षअघि अन्तरराष्ट्रिय स्तरको क्षेत्रीय विमानस्थल निर्माणको भौगर्भिक सम्भाव्यता अध्ययन कार्य शुरू नेता खड्काको पहलमा सुरु भएको थियो । नेपाल सरकार मन्त्रिपरिषद्ले सुर्खेतको पूर्व भेरीगंगा नगरपालिका रामघाटमा विमानस्थल निर्माणको कार्य शुरुआत गर्ने निर्णय गरेको थियो । सम्भाव्यता अध्ययनका लागि काठमाडौंबाट भूगर्भविद् र इञ्जिनीयरको टोली आएको हो ।

भेरीगंगा नगरपालिकाको तीन ओटा सामुदायिक वन क्षेत्रभित्र पर्ने र प्रस्तावित क्षेत्रको वरिपरि रत्न राजमार्ग र छिञ्चु जाजरकोट सडकले जोडेको, करीब ३ किलोमिटर चौडाइ र ११ किलोमिटर लम्बाइ रहेको समथर जमीन, प्रस्तावित क्षेत्रको नजिकै भेरी नदी र भेरी–बबई बहुउद्देश्यीय आयोजना रहेको छ । नजिकैमा प्रशस्त पर्यटकीय स्थलहरू रहेको हुँदा पनि सो क्षेत्र विमानस्थल बनाउन उपयुक्त हुने धारणा तत्कालिन राजनीतिक दलका प्रतिनिधिहरूले राखेका थिए । त्यसैगरी कर्णाली कोरिडोर, जाजरकोट, डोल्पा हुँदै नेपाल र तिब्बतको नाक्चेनाक्ला सिमाना जोड्ने कोरिडोर नेपाल सरकारको निर्माणाधीन स्मार्ट सिटी पनि यही नजिकै रहेको हुँदा यो ठाउँ अति उत्तम रहेको विज्ञहरुको सुझाव पनि छ । हाल सुर्खेत वीरेन्द्रनगरमा रहेको विमानस्थलको धावनमार्ग छोटो, नजिकै ठूलो पहाड भएको र विमानस्थल विस्तार गर्न जग्गा नभएको हुँदा ठूला जहाज यहाँ अवतरण गर्न सकिरहेका छैनन् । भेरीगंगाको रामघाटमा क्षेत्रीय स्तरको विमानस्थलका लागि विस्तृत सम्भाव्यता अध्ययनको तयारी भइरहेको छ । कांग्रेस नेता पुर्णबहादुर खड्काको पहलमा रामघाट विमानस्थल निर्माणका लागि तत्कालित पर्यटन मन्त्री खड्कबहादुर विश्वकर्मालाई प्रक्रिया बढाउन, बजेट विनियोजन गर्न फाईल पेश भएको थियो । तर उनको मन्त्री कार्यकाल सकिएपछि अर्का पर्यटनमन्त्री रविन्द्र अधिकारी आएपछि नेता खड्काले नजिकका सम्बन्धका आधारमा अधिकारीलाई विमानस्थल विस्तारका लागि अवगत गराएका थिए । विद्यार्थी नेताको समयमा अधिकारीको खड्कासंग नजिकको सम्बन्ध रहेको हुँदा अधिकारीले खड्काको वचनअनुसार सुर्खेत, सल्यानमा मन्त्रालयको काममा आएको बेला रामघाट विमानस्थलको स्थलगत अध्ययन र भ्रमणका लागि पहल गरेका थिए । त्यसै समयमा अधिकारीले नेता खड्काको आग्रह र पहल बमोजिम विमानस्थलको सम्भावयता अध्ययनका लागि डिपिआर बनाउने, विज्ञ टोली गठन र बजेट विनियोजन गरि कामको सुरुवात गरेका थिए । २०७४ को संघीय चुनावपछि केपी शर्मा वली र एमालेको सरकार चारबर्षसम्म चलेपछि रामघाट विमानस्थल निर्माण कार्य र यसको फाईल रोकिएको थियो ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here