बुवाआमाको सम्झनामा हिरा, धनसरी स्मृति अक्षयकोष स्थापना

0
432

भेरीगंगा, चैत ९- दिवंगत बुवा आमाको स्मृति स्वरुप श्री जनज्योति माध्यामिक विद्यालय भेरीगंगा–६, झिङ्गनीमा एक कार्यक्रमका हिरा, धनसरी स्मृति अक्षय कोष स्थापना गरिएको छ । संरक्षक छोराहरु पदमबहादुर दलामी, देवेन्द्रकुमार दलामी र दिलबहादुर दलामीले एक लाख एक हजार एक सय ११ रुपैयाको हिरा, धनसरी स्मृति अक्षय कोष स्थापना गर्नुभएको हो ।

उक्त कार्यक्रममा बोल्दै विद्यालयमा आर्थिक अभावमा परेका अध्ययनरत विद्यार्थीहरुको अध्ययन कार्यमा सहयोग पुर्याउने उद्देश्यले उक्त अक्षय कोषको स्थापना गरिएको संरक्षक पदमबहादुर दलामीले बताउनु भयो । साथै अक्षयकोष स्थापनादाता व्यक्ति तथा संस्थाहरुलाई हौसला र प्रोत्साहन प्रदान गर्नें, अक्षयकोष स्थापनाका लागि दाताहरुलाई उत्साहित गर्ने, अभिभावक र विद्यालय परिवार बिच सम्बन्ध सुदृढ गर्ने र आर्थिक अभावकै कारण पढ्न बाट कोहि पनि बालबालिका बञ्चित नहुन भन्ने उद्देश्यका साथ यो अक्षय कोष स्थापना गरिएको हो ।

आगामी दिनहरुमा स्वर्गीय बुवाआमाको सम्झनाम विभिन्न सामाजिक कार्यहरु गर्दै जाने योजना रहेको कुरा दलामीले बताउनु भयो । स्वर्गीय बुवा आमाको शैक्षिक क्षेत्रमा निकै लगाभ भएकोले वुवा आमाको सपना साकार पार्ने गरि अक्षय कोष मार्फत काम गर्दै जाने कुरा पनि बताउनु भयो ।

उक्त कार्यक्रममा बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष भुपेन्द्रकुमार रोकायले यो क्षेत्रमा नै नयाँ काम गरेको भन्दै बिद्यालय परिवारको तर्फबाट संरक्षकहरुलाई धन्यबाद ज्ञापन गुर्नभयो । शैक्षिक क्षेत्रमा यस्ता खालका कार्यक्रमले शैक्षिक सुधार हुने भन्दै शिक्षा क्षेत्रमा लगानी गर्ने महानुभावहरुलाई यस्ता खालका कार्यक्रममा गलानी गर्न आवह्वान गर्नु भएको थियो ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here