बनगाड कुपिण्डेमा व्यवसायीक बाख्रापालन तालिम सूरु

0
90
Herd of goats on mountan meadow

सल्यान, भदौ ३०-सल्यानको बनगाड कुपिण्डे नगरपालिकामा दुई दिने व्यवसायिक बाख्रा पालन तालिम उद्घाटन भएको छ । नेशनल माइक्रो फाइनान्स लघुवित्त वित्तीय सस्था लि. को आयोजनामा तालिम सुरु भएको हो ।

Herd of goats on mountan meadow

तालिमको उद्घाटन गर्दै नगरप्रमुख कर्ण बहादुर बुढाथोकीले सानो पैसालाई जम्मा गरेर त्यसलाई व्यावसायिक तरिकाले अगाडि बढ्न सबैमा आग्रह गर्नु भएको छ । नगरपालिकाको तर्फबाट अब विभिन्न क्षेत्रमा समुह बनाएर बाख्रा पालन लगाएतका क्षेत्रमा नगरपालिकाको तर्फबाट अनुदान सहयोग गर्ने समेत बताउनु भएको छ । बनगाड कुपिण्डे नगरपालिकामा कृषि र पशुपालन तर्फ विभिन्न अध्ययन गरेर व्यावसायिक तरिकाले जनताको जीवन स्तर सुधार तर्फ अगाडि बढ्ने प्रमुख बुढाथोकीले बताउनु भएको छ । त्यसतर्फ केही सस्थाहरु सङ्ग समन्वय गरेर अगाडि बढ्ने प्रक्रिया अगाडि बढेको समेत जानकारी दिनु भएको छ । व्यावसायिक तरिकाले कसरी अगाडि बढ्न सकिन्छ त्यसतर्फ अनुसन्धान गरेर अगाडि बढिरहेको समेत उहाले बताउनु भएको छ ।

सबैले पेशा गर्नु पर्ने र बदमासी तरिकाले पैसा कमाउने तर्फ भन्दा मेहनत गरेर व्यावसायिक तरिकाले गरेपछि अगाडि बढ्ने जनताको जिवनस्तर सुधार तर्फ अगाडि बढ्नु पर्नेमा उहाँले जोड दिनु भएको छ । उक्त सस्थाले ३० जना समुहका कृषकहरुलाइ व्यावसायिक बाख्रा पालन तालिम दिने छ । वित्तीय सस्थाले यस क्षेत्रमा व्यावसायिक क्षेत्रतर्फ लगानी गरिरहेको समेत शाखा प्रमुख डिल्लीराज बुढाले जानकारी दिनु भयो।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here