गुर्भाकोट, असार २८- प्राइम लाइफ इन्शोरेन्स मेहेलकुना शाखाले सोमबार मृत्यु दावी रकम हस्तान्तरण गरेको छ । गुर्भाकोट नगरपालिका वडा नम्बर १४ गुमि बस्ने गंगीसरा घर्तिको मृत्यु भएको हुँदा उहाको श्रीमान रोसन सिह घर्तिलाई पौने तीन लाख रकम हस्तान्तरण गरिएको हो ।

सोमबार घरमै पुगेर एक कार्यक्रमका बिच दुइ लाख पचहत्तर हजार आठसय एकाउन्न रुपैयाँको चेक उहाकै घरमा गै हस्तान्तरण गरिएको हो । गुमिमा सोमबार आयोजित मृत्यु दावी रकम हस्तान्तरण कार्यक्रममा प्राइम लाइफ मेहेलकुना शाखाका प्रमुख ध्रुवप्रसाद शर्मा र वडा नम्बर १४ का वडा अध्यक्ष ससबहादुर घलेले संयुक्त रुपमा चेक हस्तान्तरण गर्नु भएको प्राइम लाइफ इन्शोरेन्स मेहेलकुना शाखाले जानकारी दिएको छ ।

शाखा प्रमुख शर्माले बिमाको महतो बारेमा जान कारी दिए भने । वडाअध्यक्ष घलले गाउँ गाउँमा आएर बिमाले राहत दिएको खुसी हुदै सबै लाई बिमा गर्न आग्रह गर्नुभयो । कार्यक्रम कम्पनीका एजेन्सि म्यानेजर मानप्रसाद शर्माले सन्चालन गर्नु भएको थियोे ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here