नगर प्रमुख पुनद्वारा बडाखोली कृषि फिल्डको अनुगमन

0
332

हेमन्त डिसी, गुर्भाकोट सुर्खेत- गुर्भाकोट नगरपालिका नगर प्रमुख मेयर हस्त पुन लगायतको टिमले वडा नम्बर ६ स्थित नेरा मावि बडाखोलीको कृषि प्रयोगात्मक फिल्डको अनुगमन गरेको छ। शनिबार मेयर पुनले कृषि विषय अध्धयनरत विद्यार्थीको प्रयोगात्मक कृषि फिल्ड र निर्माण गरिएका कृषि संरचनाको अनुगमन गरेका हुन् ।
विद्यालयमा कृषि विषय अध्ययन गर्ने ९ देखि १२ का विद्यार्थीले तयार पारेको उक्त फिल्ड अनुगमन गर्दै मेयर पुनले विद्यालय र विद्यार्थीको प्रशंसा गरे । विद्यालयमा विद्यार्थीले २ वटा माछा पोखरी र ५ वटा तरकारी लगाउने प्लास्टिक टनेल निर्माण गरेका छन् । माछा पोखरीमा माछा पालिएको छभने टनेलमा व्यवसायीक तरकारी खेती गरिएको छ। नेरा मावि बडाखोली कृषि विषय अध्ययन र कृषि प्रयोगमा पुर्वी सुर्खेतमा नमुना भएको बताए । उनले कृषि प्रयोगात्मक फिल्डलाई बाढी पहिरोबाट जोगाउन नगरले सहयोग गर्ने बताए । अनुगमनमा मेयर पुनसंगै अन्य जनप्रतिनिधि, शिक्षक, विद्यार्थीको सहभागीता रहेको थियोे ।                             नेरा माबि बडाखोलिमा कृषि पढेर घरमा धेरै विद्यार्थीहरुले ब्यबासाहिक कृषि खेति गर्ने कुरामा प्रेरित गरिएको नेरा माबि बडाखोलिका प्राचार्य ढाल बहादुर खत्रिले बताए । यहास्थित माछा पोखरीमा ५ हजार माछा भुरा राखिएको छ। यस्तै यहाको तरकारी बजारमा जाने गरेको छ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here