दलित युवायुवतीका लागि सिपमुलक तालिम सम्पन्न

0
154

बालकुमारी खड्का भेरीगंगा, बैशाख २२ – भेरीगंगा नगरपालिका वडा नं. ९ जहरेमा संचालित तीन वटा फरक फक विधाका खएक महिने व्यवसायीक तालिमको आज सम्पन्न भएको छ । भेरीगंगा नगरपालिकास्तरीय उक्त तालिममा तीन वटा ईभेन्टमा तालिम संचालन भएको आज एक कार्यक्रमका बिच सम्पन्न गरिएको हो ।

तालिम अन्तर्गत मोटरसाईकल मर्मत, मार्वल र आधारभुत पत्रकारिता सम्बन्धी तालिम रहेका छन् । भेरींगंगा नगरपालिका सामाजिक विकास समिति संयोजक तथा वडा नम्बर ८ का वडाअध्यक्ष पदमबहादुर केसीको प्रमुख आतिथ्य र बिजी मिडियाका निर्देशक टेकेन्द्र बस्यालको सभापतिमा कार्यक्रममा सम्पन्न भएको हो । गएको चैत १९ गतेबाट संचालन रहेको तालिमको आज बैशाख २२ गते समापन भएको हो ।

तालिममा सहभागीलाई तालिम सिप प्रमाणपत्र वितरण गर्दै तालिम समापन भएको हो । सहभागीलाई एक महिनासम्म सिकेको सिप व्यवहार उर्ता प्रमुख अतिथि केसीले शुभकामना दिनुभयो । तालिममा मोटरसाईकल मर्मत प्रशिक्षक रामकृष्ण श्रेष्ठ, मार्बल टालय प्रशिक्षक लक्ष्मण बोहरा र पत्रकारिता तालिम प्रशिक्षक टेकेन्द्र बस्याललयात प्रशिक्षार्थी ३५ जना बढीको सहभागीता रहेको थियो । एक महिने तालिममा पत्रकारितामा १९ जना, मार्बल टायलमा १७ जना र मोटरसाईकल मर्मतमा १६ जनाको सहभागीता रहेको थियो ।

तालिममा भेरीगंगा नगरपालिकाका १३ वटै वडाबाट प्रशिक्षार्थीको सहभागीता रहेको थियो । प्रशिक्षार्थीलाई एक महिनामा सिकेको सिपलाई जिवन व्यवहारमा उतारी आत्मनिर्भर हुन सहभागीहरुलाई आग्रह गरिएको थियो । तीन वटा तालिम निशूल्क संचालन भएको थियो ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here