भेरीगंगा, सुर्खेत- भेरीगंगा नगरपालिकाको आर्थिक सहयोगमा दलित युवायुवतीहरुका लागि निशुल्क जीपकार र अटोरिक्सा तालिम संचालन गरिएको छ । नगरपालिकाको सहयोगमा एक महिने जीपकार र १५ दिने अटोरिक्सा तालिम संचालनमा आएको हो ।

अमृत ड्राईभिङ्ग सेन्टर प्रालिको आयोजनामा जेठ महिनादेखि भेरीगंगाका १३ वडाका दलित युवायुवतीका लागि निशूल्क तालिम संचालनमा आएको हो । तालिममा जीपकारमा १३ वडाका ३८ जना युवा र अटोरिक्सा तालिममा २६ जना युवतीहरुको सहभागीता रहेको छ । तालिम जेठबाट सूरु भएको र असार २४ गते समापन गर्ने कार्यक्रम रहेको आयोजक अमृत ड्राईभिङ्ग सेन्टरका व्यवस्थापक तुलविर बैगारले जानकारी दिनुभयो । तालिमबाट सहभागी दलित युवायुवतीहरुलाई आत्मनिर्भर र सफल चालक बनाउने रहेको छ ।

तालिममा सहभागी दलित युवायुवतीका लागि तालिम निशूल्क रहेको छ । दुगर्मका युवायुवतीका लागि खान बस्न र नास्ताको व्यवस्था गरिएको छ । तालिममा सहभागीका लागि सवारी चालक अनुमती पत्रका लागि आयोजकले समन्वय गर्ने बताएको छ ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here