जाजरकोट, चैत १०- दलित युवाहरुका लागि निशुल्क एक महिने जीप कार तालिम जाजरकोटमा सुरु भएको छ। सामाजिक विकास कार्यलय जाजरकोटको आर्थिक सहयोग, कुशे लघुघरेलु सहकारी सस्थाको व्यवस्थापन र अमृत ड्राईभिङ्ग सेन्टरको आयोजना तालिम सुरु भएको हो ।

जाजरकोट जिल्लाका ७ वटा स्थानीय तहका २१ जना दलित युवाहरूको सहभागीता रहेको छ। भेरी नगरपालिका ३ स्थित कालेगाउमा सोमबार एक कार्यक्रमका बिच तालिमको उद्घाटन गरिएको हो । जिल्ला समन्वय समिति जाजरकोटका उपप्रमुख ज्ञानु प्रसाद शर्माले तालिमको उद्घाटन गर्नुभयो । तालिम उद्घाटन गर्दै शर्माले सहभागीलाई आत्मनिर्भर र सफल चालक बन्न शुभकामना दिनुभयो । आफुहरुले जिल्लामा रहेका अन्य पालिकामा सवारी चालक तालिमका लागि आफुहरु सहयोग गर्न तयार रहेको भन्नुभयो ।

तालिम उद्घाटन शत्रका विशिष्ट अतिथि सामाजिक विकास कार्यलय प्रमुख धनबहादुर बिष्टले तालिममा प्र त्येक पालिकाबाट ३/३ जना सहभागीता रहेको बताउनुभयो । तालिमबाट सिकेका सिपहरु व्यवहारिक रुपमा सिक्न सुझाव दिनुभयो । कुशे लघुघरेलु सहकारीका अध्यक्ष शीला विश्वकर्माको सभापतित्वमा तालिमल उद्घाटन भएको हो ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here