जनप्रतिनिधीको प्रयाससंगै भेरीगंगा ८ मा २३२ लालपुर्जा तयार

0
212

भेरीगंगा, चैत २२- भेरीगंगा नगरपालिकाका जनप्रतिनिधीको अथक प्रयास र दवावपछि भेरीगंगा वडा नम्बर ८ का कोटमाझखर्क जग्गाधनीका लालपुर्जा तयार भएका छन् । अहिलेसम्म २३२ घरधुरीका अस्थायी जग्गाको लालपुर्जा तयार भएको वडा नम्बर ८ का वडाअध्यक्ष पदमबहादुर खत्रीले जानकारी दिनुभयो ।

भेरीगंगा नगरका मेयर, उपमेयर र वडाअध्यक्षको निरन्तरताको प्रयास र विभिन्न निकायमा दवावका बिच २३२ लालपुर्जा तयार भएको अध्यक्ष खत्रीले बताउनुभयो । कोटमाझखर्क अन्तर्गतका अन्य घरधुरीको लालपुर्जा बनाउने कार्य भने जारी रहेको छ । कर्णाली प्रदेशमा पहिलो र नेपालमै तेस्रो नम्बरमा बर्षौदेखि जग्गा भोगचलन गरेपनि पुर्जा नभएकाहरुको लालपुर्जा तयार भएको उपमेयर रेणु आचार्यले बताउनुभयो । केही दिनमा कोटमाझखर्क अन्तर्गतका लालपुर्जा वितरण हुने आचार्यले भन्नुभयो । नगरका १३ वडाका लामो समयदेखि अव्यवस्थित र भुमिहिन भएर बसेका व्यक्तिहरुको लालपुर्जा बनाउने प्रक्रिया भुमि आयोग भेरीगंगा सम्पर्क कार्यालयले गरिरहेको छ । पहिलो चरणमा भेरीगंगा वडा नम्बर ८ का २३२ घरधुरीका लालपुर्जा तयार भएको छ ।

मालपोत कार्यालयबाट जग्गा पुर्जा प्रिन्ट भैईसकेको छभने मालपोत कार्यालयले राष्ट्रिय भुमि आयोगलाई हस्तान्तरण गर्ने, आयोगले नगरपालिकालाई हस्तान्तरण गरेर वितरण हुने बताएको छ । वडा नम्बर ८ को लालपुर्जा वितरणपछि क्रमशः बाँकी वडाहरुका लालपुर्जा बन्ने बताएको छ ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here