हुमबहादुर कार्की, कार्तिक २५– सामाजिक विकास कार्यक्रम अन्तर्गत छिमेकी लघुबित्त सस्था लिमिटेड शाखा कार्यालय बोटेचौरले स्थानीय एक विद्यालयमा शौचालय निर्माण गरेको छ ।

लघुवित्तले गुर्भाकोट– ९ सिमघाटस्थित सरस्वती माबिमा दुई कोठे शौचालयको भबन निर्माण सम्पन्न गरि हस्तान्तरण गरेको छ । छिमेकी लघुबित्त बोटेचौर शाखाले पहिलो चरणमा सामाजिक उत्तरदायित्व अन्तर्गत आफ्नो सक्रियतामा उक्त शौचालय निमाृण गरेको हो । सस्थाले सरस्वती माबिको दुई कोठे शौचालय भबन निर्माणमा ३ लाख ७ हजार ४४० रुपैया सहयोग गरेको थियो । बिद्यालयमा शौचालयको अतिआबश्यक रहेको महसुस गरि शौचालय निर्माणमा सहयोग गरेको छिमेकी लघुबित्त सस्था शाखा बोटेचौरका प्रबन्धक मानबहादुर रानाले बताउनु भयो । शौचालय निर्माणमा छिमेकी लघुबित्त दाताको सहयोग प्राप्त रकम ३ लाख ७ हजार ४४० र बिद्यालयको आन्तरिक लगानी ३४ हजार १६० गरि जम्मा ३ लाख ४१ हजार ६०० रुपैँया शौचालय भवन निर्माणमा खर्च भएको विद्यालयले जनाएको छ ।

छिमेकी लघुबित्त सस्था केन्द्रिय कार्यलय नँया बानेश्वर काठमाण्डौले शौचालय निर्माणमा सहयोग गरेको थियो । सस्थाले हरेक बर्ष आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत खानेपानी ब्यवस्था, नमुना गाउँ निर्माण लगायत सामाजिक कार्यक्रममा सहयोग गर्दै आएको छ ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here