गुर्भाकोट ४ मा दुई करोडको लिफ्ट सिँचाई बन्दै

0
637

गुर्भाकोट, भदौ २८-गुर्भाकोट नगरपालिका वडा नम्बर ४ पोखरामा करिव दुई करोडको लागतमा लिफ्ट सिँचाई योजना निर्माण सूरु भएको छ । बर्षौदेखि सिचाई सुबिधा नभई कृषि उत्पादनमै समस्या झेल्दै आएका कृषकलाई आयोजना निर्माणसंगै राहात हुने भएको छ ।

खेतीयोग्य जमिनमा सिचाईको उचित प्रबन्ध मिलाउन लिफ्ट सिचाई आयोजना सुरु भएको गुर्भाकोट नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष रामबहादुर डाङ्गीले बताउनुभयो । आफु वडाअध्यक्षमा निर्बाचित भएपपछि कर्णाली प्रदेश सरकारबाट आफ्नो अनुरोध बमोजिम लिफ्ट सिचाई आयोजनामा रकम बिनियोजन भई काम सुरु भएको डाङ्गीले भन्नुभयो । कर्णाली प्रदेश सरकारले आर्थिक बर्ष २०७९।२०८० का लागि विनियोजित गरेको करिब दुई करोड बजेटबाट पहिलो बर्षमा ३० लाख रकमको काम गर्नको लागि स्थलगत अनुगमन गरिएको छ । लिफ्ट सिचाई आयोजनाको काम अब छिट्टै सुरु हुने प्राविधिकको टिमले जानकरी दिएका छन् ।

लिफ्ट सिचाई दुई बर्षमा सम्पन गर्ने योजना रहेको र सुरु भएपपछि वडा नम्बर ४ का वडाबासीले सागसब्जी तथा तरकारी बालीमा सिचाईको लागि राम्रो सुबिधा पाउने आशा गरिएको छ । आयोजना अन्तर्गत गोछेखोला नजिकै पचास लाख लिटरको ड्याम निर्माण हुनेछ ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here