गुर्भाकोटका क्यान्सर पिडित चित्रलाल कामीलाई आर्थिक समस्या

0
231

सृजना बारघरे, साउन ३१- करिब एक महिनादेखि क्यान्सरसंग लडिरहेका गुर्भाकोट नगरपालिका वडा न.१ काल्चेका चित्रलाल कामीलाई उपचारका लागि आर्थिक समस्या भएको छ । ४८ बर्षीय कामी पुर्बवडा सदस्य समेत रहेका चित्रलाल कामीलाई मुत्रथैलीमा क्यान्सर भएको हो ।

क्यान्सर भई हाल सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुरा बाकेमा उपचार भैईरहेको छ । आर्थिक अभाबका कारण उपचार रोकिएकाले क्यान्सर पीडित चित्रलाल कामीलाई सक्दो आर्थिक सहयोग गरिदिनु उनको परिवारले आग्रह गरेका छन् । करिव एक महिनादेखि पीडित कामीको आर्थिक अवस्था कमजोर भएकाले उपचारमा समस्या भएको हो ।

कामीको परिवारले देश विदेशमा रहनु हुने सम्पुर्णमा मनकारीमा सहयोग गरिदिन उनका श्रीमती कमला कामीले आग्रह गर्नुभएको छ ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here