गरिबी निवारणका लागी लघुउधम बिकास कार्यक्रम भेरीगंगामा सुरु

0
862

तुलविर बैगार- भेरीगंगा पुस १३- सुर्खेतको भेरीगंगा नगरपालिकामा आर्थिक समृद्विको आधार लघुउधम मार्फत रोजगार भन्ने उद्देश्यले गरिबी निवारणका लागि लघुउधम बिकास कार्यक्रम अन्तरगत ८ दिने उधमशिलता बिकास तालिम संचालन भएको छ ।

भेरिगंगा नगरपालिकाको कार्यालय उद्योग बिकाश शाखाको आयोजनामा उक्त कार्यक्रम भेरीगंगा नगरपालिका वडा नम्बर ४ मा ११ गते र वडा नम्बर ८ मा १२गते संचालन गरिएको थियो । उक्त कार्यक्रममा वडा नम्बर ४ का अध्यक्ष महाबिर खत्री,वडा नम्बर ८ का अध्यक्ष पदम खत्री,भेरीगंगा नगरपालिकाका उप-प्रमुख रेणु आचार्य,उद्योग बिकास शाखा प्रमुख पिताम्बर पौडेल,मेड्पा फोकल परसन चित्रा डाङ्गी, उद्योग बाणिज्य संघ भेरी ,नेपाल घरेलु तथा साना उधोग महासंघ उपाध्यक्ष , कार्यपालिका सदस्य,विभिन्न संघसंथा प्रतिनिधि लगाएतका ब्यक्तिहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रम उधम बिकास सहजकर्ता सुनिता जैसी र लाल बहादुर कार्किको सहजीकरणमा तालिम संचालन भएको छ । भेरिगंगा नगरपालिका वडा नम्बर ४ मा पुस ११ र वडा नम्बर ८ मा १२ गतेदेखि तालिम सुरु भएको हो । उधमशिलता बिकास तालिम ८ दिनसम्म सचालन हुने छ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here