कृषि मन्त्रीद्धारा भेरीगंगा, गुर्भाकोटमा कृषि अनुदानको अनुगमन

0
152

भेरीगंगा, भदौ ३०- भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेशका मन्त्री चन्द्रबहादुर शाहीले पुर्वी सुर्खेतका पालिकामा अनुदानद्धारा संचालित कार्यक्रमको अनुगमन गर्नुभएको छ । बिहिबार कृषि मन्त्री शाहीले भेरीगंगा, गुर्भाकोट र लेकबेशीमा प्रदेश सरकारको अनुदान सहयोगमा संचालित सहकारी, फर्म र दुध डेरीहरुको अनुगमन गर्नुभएको हो ।

कृषि मन्त्रीसंगै मन्त्रालयका सचिब लेखराज दाहाल लगायतको टिमले पालिकामा संचालित पशुपंक्षी फार्म, सहकारी र दुध डेरीहरुको अनुगमन गरेको हो । भेरीगंगाको छिन्चु र रामघाटमा पशुपंक्षी फर्म, जहरेमा सहकारी, दुध डेरी र मैनतडामा कृषि फर्मको अनुगमन गरिएको थियो । यस्तै गुर्भाकोट नगरपालिकामा अनुदानमा संचालित दुध डेरी र सहकारी, लेकबेशीमा कृषि फर्मको अनुगमन र निरीक्षण गरिएको थियो । कृषि, पशुपंक्षी, सहकारी र दुध डेरीको अनुगमन गर्दै कृषि मन्त्री शाहीले अनुदान प्राप्त निकायमा विद्युत, पानी, बजारीकरण, आवश्यक पुर्वाधार र सीपको कमी रहेको बताउनुभयो । अनुदान प्राप्त सहकारी, फर्महरुको व्यवसायीक विकास, प्रवद्र्धन र बजारीकरणमा मन्त्रालयले आवश्यक सहयोग गर्ने भन्नुभयो ।

कर्णाली प्रदेश भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयबा पुर्वी सुर्खेतमा दर्जनौ सहकारी, कृषि, पशुपक्षी फर्महरुले अनुदानबाट काम गरिरहेका छन् ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here