कर्णाली प्रदेशमै पहिलो दुग्ध कारखाना भेरीगंगामा बन्दै

0
342

भेरीगंगा, असोज २- भेरीगंगा नगरपालिकामा बुटवलपछि पश्चिममा पहिलो पटक ठुलो क्षमताको दुग्ध उत्पादन, प्रशोधन कारखाना तथा चिस्यान केन्द्र बन्ने भएको छ । दुग्ध विकास संस्थानले ३८ करोड लगातमा दुग्ध कारखाना र चिस्यान केन्द्र बनाउने भएको हो ।

भेरीगंगा नगरपालिका वडा नम्बर १२ को एक विगाह क्षेत्रफलमा दुग्ध कारखाना तथा केन्द्र बन्ने भएको हो । दुग्ध विकास सस्थानको उक्त कारखाना र चिस्यान केन्द्रमा कर्णाली प्रदेशका जिल्लाहरुबाट संकलित दुध चिस्यान गर्ने वडा नम्बर १२ का वडाअध्यक्ष हरिप्रसाद कडेलले जानकारी दिनुभयो । यसका लागि एक विगाह जग्गा नगरकार्यपालिकाले निर्णय गरिसकेको छ । यहाँबाट संकलित दुधबाट दुध, दही, ध्यु, पनिर, आईसक्रिम उत्पादन गरि बजारमा विक्रि समेत गरिने योजना रहेको भेरीगंगा नगर पशुपंक्षी विकास शाखाका प्रमुख भोजप्रसाद चपाईले बताउनुभयो । चालू बर्षका लागि कारखाना र केन्द्र स्थापनाका लागि दुग्ध विकास सस्थानबाट तारवारका लागि ४ लाख र डिपिआर बनाउन कर्णाली प्रदेश भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयबाट १५ लाख बजेट विनियोजन भएको छ । दुग्ध विकास संस्थानको दुग्ध उत्पादन, प्रशोधन कारखाना तथा चिस्यान केन्द्र कर्णाली प्रदेशकै गौरवको आयोजना हुने बताएको छ ।

अहिले सुर्खेतको भेरीगंगामा सानो क्षमताको दुग्ध विकास सस्थानले चिस्यान केन्द्र मात्र राखेको छ । अव बन्ने आयोजनाबाट दुध संकलन, चिस्यान, भण्डारण र विभिन्न परिकार उत्पादन हुने छ । दुग्ध कारखाना संचालनमा आए कर्णाली प्रदेशमा पशुपालन र दुधपालन व्यवसाय फस्टाउने आशा गरिएको छ ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here