असार २६- कर्णाली प्रदेश सरकार कृषि मन्त्रालय अन्तर्गत कृषि विकाश निर्देशनालयले सुर्खेत भेरीगंगा वडा नम्बर ९ मा उन्नत जातका फलफुल बिरुवा वितरण गरेको छ। निर्देशनालयको सहयोगमा यहाँ दलित समुदायका लागि १४ हजार फलफुलका बोटबिरुवा वितरण गरिएको हो ।
बिहिबार र शुक्रबार यहाका ९०० दलित समुदायका व्यतिलाई उक्त फलफुल बिरुवा वितरण भएको हो । वितरण गरिएको फलफुलमा दसरि आप ५०००, अम्रपालि आप ५००० , कागति २००० र लिचि २००० रहेको छ। प्रदेश सरकारको दलित कृषि प्रबर्द्वन कार्यक्रम अन्तर्गत उक्त फलफुलका बिरुवा वितरण गरिएको टोलस्तरिय दलित कृषि प्रबर्द्वन समिति सदस्य बिरजित बस्यालले जानकारी दिनुभयो । व्यवसायिक कृषि फलफुल खेतीका लागि बिरुवा वितरण भएको बस्यालले भन्नुभयो । निशुल्क फलफुलका बिरुवा पाएपछि यहाका दलित समुदायले प्रदेश सरकारप्रति कृतज्ञता प्रकट गरे। यस्तै प्रदेश सरकारबाटै समितिले भेरीगंगा ९ मा दलित समुदायको लागि सिलाईकटाई मेशिन र आरन मशिन बाड्ने कार्यक्रम समेत रहेको छ। टोलस्तरिय समितिको पहलमा प्रदेश सरकारले यहाका दलित समुदायलाई प्राविधिक सहयोग गरेको हो
कर्णालि प्रदेश सभा सदस्य तथा निवर्तमान भौतिक पुर्वधार मन्त्रि खड्क बहादुर खत्रिको विशेष पहलमा कृषि सामग्री ल्याएको हो । फलफुल विरुवा वितरण कार्यक्रममा वडाका जनप्रतिनिधि , कृषक, नेपाल कम्युनिष्ट पार्टिका नेता तथा कार्यक्रताहरुको सक्रिय सहभागिताता रहेको थियोे ।