भेरीगंगा, पुस १२- आर्थिक समृद्धिको आधार, लघु उद्यम मार्फत रोजगार भन्ने नाराका साथ भेरीगंगा नगरपालिका वडा नम्बर ८ मैनतडामा उद्यमशीलता तालिम सुरु भएको छ। सोमबारदेखि सुरु भएको तालिम ७ दिनसम्म संचालन हुने छ ।

गरिबी निवारणका लागि लघुउधम विकास कार्यक्रम अन्तगर्त व्यवसाय सचेतना तथा व्यवसाय सुरु , लैगिक समानता तथा सामाजिक समावेशीकरण कार्यक्रम अन्तर्गत सात दिने तालिम सुरु भएको छ। सोमबारदेखि सुरु तालिम १९ गते समापन हुने छ। भेरीगंगा नगरपालिका कार्यलय उद्योग विकाश शाखाको आयोजनामा तालिम भएको हो । भेरीगंगा नगरपालिका वडा नम्बर ८ का वडाअध्यक्ष पदमबहादुर केसीको अध्यक्षतामा तालिम सुरु भएको हो ।

गरिबी निवारण अन्तर्गत वडा नम्बर ८ मा तालिम सुरु भएको हो । तालिममा वडाका दुई दर्जन महिलाहरुको सहभागीता रहेको छ ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here