सुर्खेत, माघ १७- रोजगारीको शीलशीलामा काठमाडौ रहेको अवस्थामा रहस्यमय आगलागीबाट मृत्यु भएका भेरीगंगा ६ सुर्खेतका २२ बर्षीय कमल विक परिवारलाई समुदाय बिकास केन्द्र CDC नेपालको पहलमा आर्थिक सहयोग हस्तान्तरण गरिएको छ। शनिबार सिडिसी नेपालका अध्यक्ष मानबहादुर बस्यालको अगुवाईमा आफन्त, छिमेकी र मलामिको रुपमा उपस्थित महानुभाबहरु बाट प्राप्त रु.१७ हजार २३५ रुपैया परिवार हस्तान्तरण गरिएको हो ।                          मृतक विकका २ बर्षीय बच्चा, पत्नी र आमाबुवाको पालन पोषण तथा सहयोगको लागी अभियान स्वरुप १७ हजार बढी संकलित रकम साझ घरमै हस्तान्तरण गरिएको हो । संकलित रकम बुवा लोकबहादुर, आमा भुमिसरा, पत्नि डिलमाया र छोरा सुनिल विकलाई घरमै पुगेर रकम हस्तान्तरण गरिएको सस्थाका अध्यक्ष मानबहादुर बस्यालले जानकारी दिनुभयो । कामको शीलशीलामा काठमाडौ पुगेका विकको एसिड प्रहार गरि हत्या गरिएको आशंका गरिएको छ। उनको आजै भेरी नदिमा दाहसंस्कार गरिएको छ। पारिवारिक आर्थिक अवस्था कमजोर भएरै काम गर्न काठमाडौ पुगेका सुर्खेत भेरीगंगाका कमल बि कको एसिड प्रहारबाट ज्यान गएको छ। पारिवारिक श्रोतका अनुसार विकमाथि काठमाडौमै कामको शीलशीलामा एसिड प्रहार भएको बताएको छ। एसिड प्रहारबाट घाईते भएका विकको उपचारका शीलशीलामा शुक्रबार अस्पतालमा मृत्यु भएको हो । भेरिगङ्गा-६, झिङनी घरभई अहिले कामको अवस्थामा एसिड प्रहार भएर मृत्यु भएको परिवारको दावी छ। भेरीगंगा घर भई हाल काठमाडौमा कामको शीलशीलामा रहेका एक युवाको शंकास्पद मृत्यु भएको छ। भेरीगङ्गा-६ झिङ्गनीका बिकको रहस्यमय मृत्यु भएको परिवार र आफन्तले बताउदै आएका छन्।              यसैबिच विकको शंकास्पद मृत्युपछि उनको हत्या गरिएकाा शंका बढेको छ। परिवार र आफन्तले घटनाको सत्यतथ्य खोजि र निष्पक्ष छानविनको माग समेत गरेका छन् ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here