एक वडा एक पत्रकारिता तालिममा खगेन्द्र सुनारद्वारा प्रशिक्षण

0
204

भेरीगंगा, माघ १५- भेरीगंगा नगरपालिकास्तरीया पाच दिने पत्रकारिता तालिममा बिहिबार पत्रकार खगेन्द्र सुनारले प्रशिक्षण दिनुभयो । प्राईम टेलिभिजन कर्णाली प्रदेश प्रमुख समेत रहनुभएका पत्रकार सुनारले समाचारका श्रोत र समाचार संरचनामा बिषयमा प्रशिक्षण दिनुभयो ।                                              बिजि मिडिया ग्रुप भेरीगंगाको आयोजनामा एक वडा एक पत्रकार उत्पादन अन्तर्गत नगरस्तरीय पत्रकारिता तालिम सुरु भएको हो । भेरीगंगा नगरपालिकाका १३ वडामा दक्ष पत्रकार उत्पादनका लागि तालिम सुरु भएको हो । तालिमको दोस्रो दिन बिहिबार साहित्यकार सीता यरीले समेत पत्रकार र साहित्यका बिषयमा आफ्नो धारणा राख्नुभएको थियोे । तालिमका प्रशिक्षक पत्रकार सुनार र साहित्यकार यरीलाई भेरीगंगा नगरपालिका वडा नम्बर ८ का वडाअध्यक्ष पदमबहादुर खत्री र कार्यपालिका सदस्य प्रतिक्षा विकले सम्मान गर्नुभयो ।                                                                        तालिममा १३ वडाका ३२ जनाको सहभागीता रहेको छ। तालिम १८ गते सम्पन्न हुनेछ। तालिम अवधिभर प्रशिक्षक जेवि सुनार, टेकेन्द बस्याल, कुलबहादुर खड्का, खगेन्द्र सुनार, ललित बसेल र गणेश बिशुले सहभागीलाई सहजीकरण गर्नुहुनेछ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here