धनगढी, १५ जेठ- अन्तरजातीय प्रेम सम्बन्धका कारण पश्चिम रुकुममा भएको नरसंहारको विरोधमा धनगढीमा एसबिडब्लु युथ फोरमका युवाहरुले प्रदर्शन गरेका छन् । रुकुम हत्याकाण्डको बिरोधमा हत्यारालाई कडा सजाय हुनुपर्ने माग गर्दै धनगढीको पार्क चौकमा बिहिबार साझ ७ बजे युवाहरुले प्रदर्शन गरेका हुन् ।रुकुम दलित युवा हत्या काण्डमा धनगडीमा प्रदर्शन

गत शनिबार पश्चिम रुकुमको चौरजहारी नगरपालिका-८ सोतीमा जाजरकोटको भेरी नगरपालिका–४, रानागाउँका नवराज विकसहित ६ जनाको हत्या भएको थियो । रानागाउँकै गणेश बुढा, भेरी नगरपालिका-११ का लोकेन्द्र सुनार र चौरजहारीका टीकाराम सुनारको शव यसअघिनै फेला परिसकेको र आजै भेरी नगरपालिका-४ खलंगाका १९ वर्षीय सञ्जु विकको शव छेडागाड नगरपालिका–१३ स्थित कालाभीर नजिक भेरी नदीको किनारमा फेला परेको छ । घटनाबारे सत्यतथ्य छानबिन गरेर दोषीमाथि कारबाही गर्न समेत युवाहरुले माग गरेका हुन् । प्लेकार्ड बोकेका प्रदर्शनकारीहरूले नवराज बिक हत्या प्रकरणमा दोषीलाई कडा कारबाही गर्न र राजनीतिक आडमा दोषीलाई उम्कन नदिन माग रहेको एसबिडब्लु युथ फोरम धनगढीका अध्यक्ष सुबास सेवाले बताए ।

युवाहरुले धनगढी उपमहानगरपालिका-१ पशुपती टोलबाट धनगढीको पार्कमोड चौकमा पुगेका एसबिडब्लु युथ फोरमका युवाहरुले बिरोध स्वरुप प्रर्दशन गरेका हुन् ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here