भेरीगंगामा राष्ट्रिय परिचयपत्र फारम संकलन

0
62

भेरीगंगा, भदौ २८ । भेरीगंगा नगरपालिका वडा नं. ८ मा राष्ट्रिय परिचय पत्र फारम वितरण कार्यक्रम सञ्चालन भएको छ । नेपाल सरकार गृहमन्त्रालय अन्तर्गतको राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागद्धरा सञ्चालनमा रहेको राष्ट्रिय परिचय पत्र बनाउने कार्यक्रम सञ्चालनमा आएको हो । सोमबारदेखी सञ्चलनमा आएको राष्ट्रिय परिचय पत्र फारम वितरण कार्यक्रम वडाका १६ वर्ष माथिका सबै नागरिकहरुले फारम भर्नुपर्ने वडा सचिव लेखनाथ शर्माले जानकारी दिनुभयो ।

आज सोमबारदेखी सञ्चालनमा आएको कार्यक्रम वडाका सवै नागरिकको तथ्यांक विवरण नसकिने सम्म कार्यक्रम सञ्चालनमा हुने सचिव शर्माले बताउनुभयो । राष्ट्रिय परिचयपत्रका लागि आवश्यक पर्ने विवरण संकलन गरी विभागमा पठाउने र विभागमा प्रशोधन भई निर्मित राष्ट्रिय परिचयपत्र वितरण गर्ने काम जिल्ला प्रशासन कार्यालयले तथा स्थानीय तहबाट गरिन्छ । राष्ट्रिय परिचयपत्रका लागि सिफारिश गर्ने तथा व्यक्तिगत घटना विवरणहरू जन्म, मृत्यु, बसाइसराई, विवाह, सम्बन्ध विच्छेद आदि दर्ता गरी सो को विवरण विभागमा उपलब्ध गराउने कार्य स्थानीय तहबाट गरिने शर्माले बताउनुभयो ।

राष्ट्रिय परिचयपत्र हराएमा, नासिएमा वा झुत्रो भई काम नलाग्ने भएमा वा कुनै कारणबाट प्रयोगमा आउन नसक्ने भएमा सोको कारण सहित तोकिए बमोजिम स्थानीय निकायबाट सिफारिस गराई सम्बन्धित जिल्ला प्रशासन कार्यालय मार्फत विभाग समक्ष निवेदन दिएमा अभिलेख रूजु गरी प्रतिलिपीको रूपमा राष्ट्रिय परिचयपत्र उपलब्ध गराइन्छ ।

हाललाई नागरिकताको प्रमाणपत्र लिएर सोही आधारमा मात्र राष्ट्रिय परिचयपत्र प्राप्त गर्ने ब्यवस्था छ ।
प्रत्येक व्यक्तिको पहिचानलाई सजिलोसंग प्रस्तुत गर्न प्रयोग गरिएको सांकेतिक नम्वरलाई राष्ट्रिय परिचय नम्बर भनिन्छ । प्रत्येक ब्यक्तिलाई फरक–फरक रूपमा उपलब्ध गराइएको सांकेतिक अंक राष्ट्रिय परिचयपत्रमा राखिएको हुन्छ जसलाई Individual Unique Number पनि भनिन्छ ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here