प्राइम लाइफ इन्सोरेन्स द्धारा मृत्यु दावी रकम हस्तान्तरण

0
142

गुर्भाकोट, भदौ १९ । प्राइम लाइफ इन्सोरेन्स मेहेलकुना शाखाले मृत्यु दावी रकम हस्तान्तरण गरेको छ । गुर्भाकोट न पा १३ गुमी बस्ने याम लाल कसेराको मृत्यु पश्चात उहाँको श्रीमती सीता कसेरालाइ रु ५ लाख २० हजार ५ सय रुपैयाँको चेक उहाँकै घरमा पुगेर चेक हस्तान्तरण गरिएको हो ।

गुमीमा सनिबार आयोजित मृत्यु दावी रकम हस्तान्तरण कार्यक्रममा प्राइम लाइफ मेहेलकुना शाखाका प्रमुख धुर्वप्रसाद शर्मा र वडा नम्बर १३ का वडा सदस्य हस्त बहादुर भुजेल ले संयुक्त रुपमा चेक हस्तान्तरण गर्नु भएको प्राइम लाइफ इन्सोरेन्स मेहेलकुना शाखाले जानकारी दिएको छ ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here