दाङमा करेन्ट लागेर एक जनाको मृत्यु

0
55

दाङ, भदौ १८ । दाङमा करेन्ट लागेर एक जनाको मृत्यु गएको छ । करेन्ट लागेर तुलसीपुर १० पड्ढाका ४९ वर्षीय सुरबहादुर डाँगीको मृत्यु भएको हो ।

आज बिहान घरमा बत्ती जडान गर्ने क्रममा करेन्ट लागेर घटनास्थलमै डाँगीको मृत्यु गएको स्थानीय यमराज केसीले जानकारी दिनुभयो ।

डाँगीको शवलाई पोस्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डीएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिनुभयो ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here