पुर्वी सुर्खेतका चार स्थानीय तहमा कांग्रेसको नेतृत्व सुनिश्चित: खड्का

0
424

गुर्भाकोट, बैशाख २७-  नेपाली कांग्रेस गुर्भाकोट नगर पालिकास्तरिय अन्तिम चुनावी सभा मेहेलकुना बजारमा सम्पन्न भएको  छ। सभालाई सम्बोधन गर्दै कांग्रेस उपसभापति पुर्णबहादुर खड्काले कांग्रेसको स्थानीय सरकार भएमात्र समग्र  विकास निर्माण हुने ठोकुवा गर्नुभयो । आगामी निर्वाचनमा कांग्रेसलाइ बिजयी गराए मात्र पुर्वी सुर्खेतका सिम्ता, गुर्भाकोट, लेकबेशी  र भेरीगंगामा विकास निर्माणले गति लिने जिकिर गर्नुभयो।
पुर्वगृहमन्त्री समेत रहनु भएका नेता खड्काले सबै तहका कांग्रेस र गठबन्धनका   उम्मेद्वारहरुलाई बिजयी गराउन अपिल गर्दै कोही कसैले रुख वा हसिया हतौडोमा भोट हाल्न आनाकानी नगर्न आग्रह गर्नुभयो।
उपसभापति खड्काले संविधान मास्ने विरुद्ध अहिले पाँच दलिय गठबन्धन बनेको भन्दै संविधानको रक्षाको लागी गठबन्धनको जित आवश्यक रहेको बताउनुभयो।
नेकपा एमालेको सरकारले जनताका अधिकार मास्ने र प्रतिगमनको यात्रा थालेपछि त्यसविरुद्ध गठबन्धन गरिएको स्पष्ट पार्नुभयो।
यसैबीच कार्यक्रममा गुर्भाकोट नगर प्रमुख, उपप्रमुख पदमा उम्मेद्वारहरुले आफुले निर्वाचित भएपछि गर्ने कामको बारेमा प्रतिबद्धता जनाएका छन। चुनावी सभामा गुर्भाकोटका दशौ हजार नेता कार्यकर्ताको सहभागीीता रहेको थियोे ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here