लुम्बिनी सरकारको पहिलो प्राथमिकता सवास्थ्य र शिक्षा : मुख्यमन्त्री केसी

0
54

बाँके, भदौ १४ । लुम्बिनी सरकारका मुख्यमन्त्री कुल प्रसाद केसी सोनामले आफ्नो सरकारको प्राथमिकता सवास्थ्य र शिक्षा रहेको बताउनु भएको छ । माओवादी केन्द्रका लुम्बिनी प्रदेशसका सह ईन्चार्ज समेत रहेका केसीले नेकपा माओवादी केन्द्र कोहलपुर नगर समितीले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रमलाई सम्बोधन गदै प्राणघातक लगायत अन्य रोग लागेकाहरुको सर्ब सुलभ उपचार र डिजिटल शिक्षा आफ्नो प्राथमिकतामा रहेको बताउनुभएको हो ।

केसीले रोग लागेर कोहि पनि मर्नु पर्ने र गुणस्तरीय शिक्षाबाट कोही पनि वञ्चित हुन नदिन सरकारले काम सुरु गरिसकेको जानकारी दिनुभयो । प्राणघातक रोग लागेकालाई उपचारमा ३ लाख रुपैया सहयोग गर्ने नितिगत निर्णय भैसकेको जानकारी दिनुभयो ।

यस अघिको लुम्बिनी प्रदेस सरकार नितीगत भ्रष्टाचारमा रहेको आरोप लगाउनुभयो । मुख्यमन्त्री केसीले प्रदेशको विकास र शुसासनका लागि जनताले अनुभुत हुने गरि प्रदेश सरकारले काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । यस्तै विकास र जनताको रोजगारलाई संग संगै जोडनु पर्ने बताउदै लुम्बिनी प्रदेशमा १० हजार लाई गाउँमै रोजगार दिने गरी काम अगाडी बढाईएको बताउनुभयो ।

मुख्य मन्त्रीलाई बुझाईयो विकासका योजनाहरुको माग पत्र :

एकिकृत नेकपा माओवादी केन्द्र कोहलपुरले विकास आयोजनाहरुको लिष्ट मुख्य मन्त्रीलाई बुझाएको छ । मुख्य मन्त्री केसी सोनामलाई माओवादी केन्द्र कोहलपुरका अध्यक्ष तुला राज बिष्ट बिहानीले आयोजनाहरुको योजनको माग पत्र बुझाउनुभएको हो ।

लिष्ट बुझाउदै अध्यक्ष बिष्टले तिन प्रदेशको संगमको रुपमा रहेको कोहलपुरको विकासलाई प्राथमिकतामा राख्न आग्रह समेत गर्नुभयो ।
माग पत्र बुझ्दै मुख्य मन्त्री केसीले आफ्नो कार्यकाल भरि उक्त आयोजनाको सुरुवात गरिने बताउनुभयो छ । केहीलाई यसै वर्ष र केही विकासका योजनालाई आगमी वर्षको बजेटमा समाबेश गरिने प्रतिबद्धता जनाउनुभयो ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here