नेपाल तरुण दल बाँकेको प्रेस विज्ञप्ती मार्फत ध्यानाकर्षण

0
181

राप्ती सोनारी, १३ । नेपाल तरुण दल राप्ती सोनारी ८ बाँकेले क्रियासिल सदस्यहरुको भेलाबाट नाम छनौट गरी केन्द्रमा पठाएकोमा केन्द्रले मनोमानी व्यक्तिगत रुपमा तयार गरेको नाम लिष्ट प्रति ध्यानाकर्षण गराएको छ ।

वडा भेलाबाट गाउपालिका, प्रदेश तथा क्षेत्रले समेत सिफारिस गरी पठाईएका नयाँ क्रियासिल सदस्यहरुको नाम मध्य वडा समितिका सभापती लगाएतका पाटीमा जिम्मेवार व्यक्तिको नाम काटी प्रक्रिया पुरा नगरी केन्द्रले प्रकासन गरेको नाम लिष्ट प्रति पे्रस विज्ञप्ती मार्फत ध्यानाकर्षण गराएको हो ।

वडा समितिले सिफारिस गरेको ८३ जनाको नाम वडाले भरेको भरी पेश गरेको अनुसूची नै हुबहु, क्रियासिल सदस्यता प्रदान गर्नुपर्ने विज्ञप्तीमा उल्लेख गरिएको छ । नेपाली काँग्रस राप्ती सोनारी ८ वडा समिति मार्फत छानबिन समितिलाई ध्यानाकर्षण गराएको छ । क्रियासिल सदस्यहरुको नाम काटीएको र पाटी सदस्यता पाउने अधिकारबाट बञ्चित गराउन खोजेमा त्यसको विरुद्धमा लाग्ने प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।

 

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here