खाद्यन्न सामाग्रीको लागि अग्रसर हुने राउटे समुदाय स्वास्थ्य जाँच गर्न मान्दैनन्

0
79

गुर्भाकोट भदौ, ६ सुर्खेत । कर्णाली प्रदेशका विभिन्न जिल्लामा घुमेन्ते जीवन बिताउँदै आइरहेका राउटे समुदायले स्वास्थ्य परीक्षण गर्न नमान्ने गरेको पाइएको छ । शनिबार जिल्ला अस्पताल सल्यानले राउटे समुदायको बस्तीमै गएर राउटेको स्वास्थ्य जाँच गरेको थियो । स्वास्थ्य शिविरमा १४० मा जम्मा १२ जना राउटले मात्र स्वास्थ्य परीक्षण गराएका थिए ।

यस्तै यस अघि जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतले सल्यानको काल्चे वस्तीमै पुगेर उनीहरुको स्वास्थ्य जाँच गरेको थियो । चेक जाँचमा राउटे समुदायका ५० जनाभन्दा बढीको स्वास्थ्यजाँच गरिएको थियो । समुदायमा धेरै बालबालिकाहरु कुपोषित छन् । राउटे समुदायमा बढी घाउचोट लाग्ने गरेको पाइएको छ । यस्तै उनीहरुमा छालासम्वन्धी, उच्च रक्तचाप र मदिरा मुख्य समस्या देखिएको छ ।

सल्यानमा बसाई सरेको दुई महिनामै चार जनाको मृत्यु भएपछि घुमन्ते जीवन बिताउने राउटे समुदाय सुर्खेत फर्किएका छन् । असार ८ गते सल्यानको काल्चेको डाँडमा बस्दै आएका राउटे पुनः सुर्खेत नै फर्किएका हुन् । उनीहरु सल्यान र सुर्खेतको सिमाना गुर्भाकोट नगरपालिका –१ सिमसारमा बसेका छन् । जंगलमा फिरन्ते जीवन बिताउँदै आएका राउटे समुदायमा दुई वर्षीय मयो शाही, ३४ वर्षीय दल बहादुर शाही २१ वर्षीय मानसिहं शाही र गत बुधबार सात वर्षीया डवी शाहीको मृत्यु भएपछि बसाइँसराइ गरेका हुन् ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here