विकासको काममा ढिला हुदैन :मन्त्री वि.सी

0
116

गुर्भाकोट । कर्णाली प्रदेश सामाजिक विकासमन्त्री यज्ञ बहदुर बि.सी ले गुर्भाकोट २ मालारानी कोटखोला स्थित जन ज्ञान भण्डार मावि को स्थलगत अवलोकन गर्नुभएको छ । गत साउन महिना २५ गत्ते गएको अविरल वर्षाको कारण विद्यालयको भौतिक विकासको क्षति भएको थियो । ३० मि। उचाई र ५० मि चौडाइ रहेको जाली भत्किएको छ । कुनै विकासमा ढिलासुस्ति हुन सक्छ । तर विकासका काममा ढिलासुस्त नहुने बताउनुभयो । कार्यक्रममा विद्यालयको भौतिक संरचना र खानेपानी, स्वास्थ्य,शिक्षा, लगायत अन्ने क्षेत्रमा अगाडी बढाउन आफू लागिपरेको बताउनुभयो । यस्तै यश क्षेत्रमा रहेका विभिन्न विकासको लागि प्रदेश सरकार मात्र नभई स्थानीय सरकार पनि लागिपर्नेमा जोड दिनुभयो । कार्यक्रममा नगर प्रमुख हस्त पुन, नगर उप प्रमुख मैना विक लगाएतको उपस्तिथि रहेको थियो ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here