सुर्खेत जिल्लामा थप ७ गत्ते सम्मको लागि निषेधाज्ञा जारी,

0
60

सुर्खेत । सुर्खेत जिल्लामा यथास्थितिमा भदौ ७ गते सम्मका लागि निषेधाज्ञा थपिएको छ। जिल्ला प्रशासन कार्यालय सुर्खेतले आजदेखि भदौ ७ गते राती १२ बजेसम्म लागु हुने गरी निषेधाज्ञा थप गरिएको जनकारी दिएको हो ।

कोरोना भाइरस कोभिड–१९को जोखिम कायमै रहेकाले निषेधाज्ञा थप गरिएको प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जनाकारी दिनुभयो । औषधी तथा औषधीजन्य पसल र पेट्रोल पम्प दैनिक २४ सै घण्टा खुल्ला हुनेछन् भने खाद्यान्न लगायत अन्य पसलहरू बिहान ८ बजेदेखि बेलुका ७ बजेसम्म खोल्न दिइनेछ।

यस्तै सबै तहका परीक्षा सञ्चालन स्वास्थ्य सम्बन्धी मापदण्ड पूर्ण रूपमा पालना गरी सञ्चालन गर्न सकिने बतार्र्र्र्ईएको छ ।पछिल्लो समय सुर्खेत लगायत कर्णालीका सबैजसो जिल्लाहरूमा कोरोना भाइरसको सङ्क्रमण बढिरहेको छ । तर, प्रशासनहरूले निषेधाज्ञा खुकुलो बनाएका कारण निर्णयको समेत पूर्ण रूपमा पालना हुन सकिरहेको छैन ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here