सुर्खेत साउन ४- सुर्खेतकी पुर्वी क्षेत्र भेरीगंगा नगरपालिकामा १३ बर्षीय बालिका २७ बर्षीय युवाद्वारा बलात्कृत भएकी छिन्। बालिका बलात्कारमा संग्लन बर्दिया बासगडी नगरपालिका २ का २७ बर्षिय हरी परियारलाई प्रहरीले नियन्त्रणमा लिएको छ। बालिकालाई ललाईफकाई करणी गर्ने परियारलाई स्थानीयले नियन्त्रणमा लिई ईलाका प्रहरी छिन्चुको जिम्मा लगाएका हुन् ।
बालिकालाई बलात्कारपछि बाहिर कसैलाई भने ज्यानमार्ने धम्की दिदै बलात्कार गरेको बालिकामा आफन्तले जानकारी दिए । बालिका बलात्कार गर्ने परियारलाई प्रहरीले जवर्जस्ती करणी मुद्दा दर्ता गरि अनुसन्धान सुरु गरेको छ। बालिकालाई आईतबार नै स्वास्थ्य परिक्षणका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत पठाएको छ। बालिकाको स्वास्थ्य अवस्था नाजुक रहेको बताएको छ। बलात्कार पछि बालिकाको स्वास्थ्यमा समस्या देखिएपछि घटना सार्वजनिक भएको हो । बर्दिया घर भई भेरीगंगा नगरपालिकास्थित भाउजुको माईतमा रहेका परियारले सुरुमा ललाईफकाई यौन शोषण गर्दै आएको बुझिएको छ। बालिका बलात्कारी परियारलाई हदैसम्मको कारवाही हुनुपर्ने बालिकाका आफन्तको माग छ।
बलात्कृत बालिका शारीरिक अशक्त र सुस्तमनस्थितीको रहेकी छिन् । बलात्कार आरोपमा प्रकाउ परेका परियार यसअघि पनि बर्दिया जिल्लामा बलात्कार केशमा ६ बर्ष सजाय भुक्तान गरेका व्यती हुन्।