हाँत बाँधेको अवस्थामा लोकेन्द्रको सुनार शव फेला

0
7575

जाजरकोट, जेठ १४- मल्ल थरकी युवती भगाउन गएका जाजरकोट भेरी नगरपालिका ४ रानागाउँका नवराज विकसहित जेठ १० गते रुकुम चौरजहारी ८ सोतीस्थित भेरी नदिबाट हराएका एक जनाको शव बुधबार फेला परेको छ ।


जाजरकोट भेरी नगरपालिकाकै लोकेन्द्र सुनारको ५ दिनपछि जाजरकोट भेरी नगरपालिका १ कुदुमा फेला परेको छ । उनको शव डोरीले हात बााँधेको अवस्थामा फेला परेको हो । घटनास्थलमा पुगेका अनुसार सुनारको शव हत्या गरी डोरीले बाधेर नदीमा फालेका अवस्थामा फेला परेको स्थानीय पत्रकार लोकेन्द्र विश्वकर्माले जानकारी दिनुभयो । आजसम्म नवराज विकसहित वेपत्ता भएका ४ जनाको शव फेला परेको छ ।

अहिलेसम्म लाकेन्द्र सुनार, नबराज बिक,गणेश बुढा र टिकाराम सुनारको शव भेटिएको हो । उनीहरु सबैको शवमा चोटपटक देखिएको छ ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here