स्वर्गीय कार्कीको पुण्यतिथीमा पत्नीद्धारा क्यान्सर पीडितलाई सहयोग

0
402

हेमन्त डिसी, गुर्भाकोट सुर्खेत- राष्ट्रसेवाका क्रममा सहादत भएका गुर्भाकोट नगरपालिका ६ घर भई शसस्त्र प्रहरी सहायक निरीक्षक असई भुपाल कार्कीको बार्षिक पुण्यतिथिको अवसरमा परिवारले क्यान्सर पीडितलाई सहयोग गरेका छन् । स्वर्गीय भुपाल कार्कीको सम्झनामा बार्षिक तिथिमा उनका पत्नी कौशिला कार्कीले ब्लड क्यान्सर पीडित गुर्भाकोट नगरपालिका ८ का ८ बर्षीय कपील राजीलाई १५ हजार बढी आर्थिक सहयोग गर्नुभएको हो ।

मंगलबार आफ्नै घरमा सम्पन्न स्वर्गीय पति भुपालकोको बार्षिक तिथिमा ब्लड क्यान्सरको उपचार सहयोगका लागि कौशीलाले १५ हजार १५५ रुपैँया हस्तान्तरण गर्नुभयो । स्वर्गीय कार्कीले गाउँमा छदा र शसस्त्र प्रहरी जागिरमा सधै दुखी, गरिव, बिरामीको सहयोग तथा समाजसेवा गर्ने हुँदा सोही सम्झनामा उक्त सहयोग हस्तान्तरण गरेको कौशीलाले बताउनुभयो । ब्लड क्यान्सर पीडित गुर्भाकोट नगरपालिका ८ निवासी सन्तु राजीका छोरा कपील राजी लामो समयदेखि बलड क्यान्सर रोगसंग लड्दै आएका छन् । सन्तु राजीको स्वास्थ्य लाभको कामना गर्दै उनका मामा टंकराम वलीलाई कौशैला कार्कीले रकम हस्तान्तरण गर्नुभयो । उत्तबm रकमले राजीको उपचारमा सहयोग पुग्ने उहाँले भन्नुभयो ।

गुर्भाकोट नगरपालिका वडा नम्बर ६ निवासी चेतबाहदुर कार्कीका साईला छोरा भुपाल कार्कीको २०७७ बैशाख १२ गते डिउ्टीका समयमा निधन भएको थियो । उनी सानैदेखि स्थानीय स्तरमा सहयोगी भावानका थिए । ससस्त्र प्रहरी साहायक निरक्षक कार्कीको सुर्खेत गुमि बेस क्याम्पमा कार्यरत रहँदा ३९ बर्षको अल्पायुमै निधन भयको थियो ।

 

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here