सोती घटना जातिय विभेदकै जड: संसदीय छानविन समिति

0
584

काठमाण्डौ, असार ३०- रुकुम चौरजहारी वढा नम्बर ८ सोतीमा भएको घटना छानविन गर्न बनेको संसदीय समितिले घटना अन्तरजातिय सम्बन्धका कारण जातिय विभेदबाटै भएको निष्कर्ष निकालेको छ। मंगलबार आफ्नो ७४ पृष्ठको प्रतिवेदन संसद भवनमा सभामुखलाई बुझाउदै समितिले जातिय विभेकै कारण घटना भएको निष्कर्ष निकालेको हो । १९ बुद्वा निष्कर्षसहितको ७४ पृष्ठको प्रतिवेदनको पहिलाे बुद्वामा जाजरकोट भेरी नगरपालिका ४ रानागाउक नवराज वि.क. र रुकुम पश्चिम चौरजहारी ८ सोतीकी सुष्म मल्ल बिचको प्रेम सम्बन्ध
अन्तरजातीय भएको र केटीका अविभावक र आफन्तहरुले केटा तल्लो जातको भएका कारण घटना घटाएको भन्दै यो घटना जातीय भेदभाव तथा छुवाछुत कसुर भएको निष्कर्ष निकालेको हो ।

यस्तै प्रतिवेदनमा उक्त घटनाका पीडक प्रतिवादी रुकुम पश्चिम चौरजहारी नगरपालिका वडा नम्बर ८ का वडाअध्यक्ष डम्मरबहादुर मल्लको संग्लनतामा यस्तो जघन्य अपराध भई ६ जनाको हत्या हुन पुगेको निष्कर्ष निकालेको छ। यस्तै घटनामा प्रहरीले तत्काल भुमिका र खोज अनुसन्धान राम्रो गर्न नसक्दा यस्तो क्षति भएको बताएको छ। घटनामा तत्काल प्रहरीले खोज अनुसन्धान र घाईते वेपता खोजेको भए मृतक ६ जना जिउदै भेटिन सक्ने सम्भावना रहेको भनिएको छ। ससंदीय समितिले प्रतिवेदन मार्फत घटनाको मुख्य कारणा जातिय विभेद तथा छुवाछूत भएको निष्कर्ष निकालेको हो । यस्तै वडाअध्यक्ष ६ जना हत्याका मुख्य आरोपित हुन् । प्रहरीले घटनामा तत्काल एक्शन नलिदा मृतक अवस्था आएको हो । गएको जेठ १० गते रुकुम सोतीमा नवराज विकसहित ६ जनाको हत्या भएको थियो ।

घटनामा १२ जना घाईते भएका थिए । गएको जेठ २६ गते सोती घटना अनुसन्धान गर्न समिति बनेको थियो । संसद देवेन्द पौडेल संयोजक रहने गरि ९ सदस्य छानविन संसदीय समिति गठन भएको थियो । जसमा सदस्यहरुमा सांसद एकबाल मिया, दुर्गा पौडेल, पार्वती कुमारी बिशुन्के, प्रकाश रसाईली,विमला विक, महेश्वरजंग गहतराज (अथक), मीनबहादुर विश्वकर्मा,रामसहाय प्रसाद यादव रहनु भएको थियो ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here