सुर्खेत १ बाट कांग्रेस उपसभापति पुर्णबहादुर खड्का पाँचौ पटक विजय

0
189

सुर्खेत, मंसिर ८- नेपाली कांग्रेसका उपसभापति तथा पाँच दलीय गठबन्धनका संयोजक पुर्णबहादुर खड्का सुर्खेत क्षेत्र नम्बर १ प्रतिनिधीसभाबाट पाँचौ पटक विजय भएका छन् । प्रतिद्वन्द्वी एमालेका धुर्वकुमार शाहलाई ११६१९ मतान्तरले पराजित गर्दै खड्का विजय भएका हुन् ।
प्रतिनिधि सभा निर्वाचनमा खड्काले ४२६०७ मत ल्याए भने एमालेका शाहीले ३०९८८ मत ल्याए । यस्तै अन्तिम मतगणनामा मोहम्मद हसरत अली राष्ट्रिय स्वतन्त्र पार्टी ८९७ मत ल्याएर तेस्रो स्थानमा सिमित रहे ।
उपसभापति खड्का सुर्खेत १ बाट २०४८, २०५१, २०५६ मा प्रत्यक्ष चुनाव जितेर सांसद भएका थिए । २०६४ सालमा उनी समनुपातिक सांसद बने । २०७० सालमा भएको चुनावमा जितेका खड्का पछिल्लो २०७४ सालको संसदीय चुनावमा भने पराजित भएका थिए । खड्का दुईपटक गृहमन्त्री भइसकेका छन् भने युवा तथा खेलकुद मन्त्री (दुईपटक), सञ्चारमन्त्री र उद्योग वाणिज्य मन्त्रीका रूपमा जिम्मेवारी निभाएको अनुभव छ ।                                                                                     कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाका निकट सहयोगीको नाम लिँदा पूर्णबहादुर खड्का सधैँ अग्रपंतिमा आउँछन् । कर्णाली प्रदेशबाटै पहिलोपटक कांग्रेस पदाधिकारीमा पुग्न सफल नेता हुन् । पार्टीभित्र कांग्रेसकै एक बलिया खम्बा मानिन्छन् ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here