सुर्खेतमा आइतबारदेखि विद्यालय सञ्चालन हुने

0
101

सुर्खेत, भदौ १८ । जिल्लामा आइतबारदेखि विद्यालयहरु सञ्चालन हुने भएका छन् । कोरोना भाइरस कोभिड–१९ का कारण लामो समयदेखि बन्द भएका विद्यालयहरु आइतबारदेखि सञ्चालनमा आउने भएका हुन् । त्यसका लागि शुक्रबार बसेको कोभिड संकट व्यवस्थापन केन्द्रले निर्णय गरिसकेको सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिनुभयो ।

स्मार्ट लकडाउनसम्बन्धी कार्यविधिअनुसार स्वास्थ्य सुरक्षाका मापदण्ड पूर्णरुपमा पालना गरी विद्यालय खुलाउने निर्णय गरिएको हो । विद्यालय खुलाउने सम्बन्धमा सम्बन्धित स्थानीय तहको शिक्षा शाखाको सहभागितामा कोरोना संक्रमणको अबस्था हेरिने उनले अधिकारी रिजालले जानकारी दिनुभयो ।

सुर्खेतका नौ मध्ये ६ वटा स्थानीय तह स्मार्ट लकडाउन कार्यविधि अनुसार ‘ग्रीन जोन’ मा परेको र भौतिक रुपमा विद्यालय खुलाउन सकिनेछन् । प्रदेश राजधानी समेत रहेको वीरेन्द्रनगर नगरपालिका ‘रेडजोन’ मा र भेरीगंगा तथा गुर्भाकोट नगरपालिका यल्लो जोनमा छन । वीरेन्द्रनगर नगरपालिका ‘रेडजोन’ मा परेपनि जोखिम उठाएर विद्यालय खुलाउन लागिएको हो ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here