सिडिसी नेपाल भेरीगंगाको साधरण सभा सम्पन्न

0
177

भेरीगंगा असोज, ३१- समुदाय विकास केन्द, सिडिसी नेपाल भेरीगंगा सुर्खेतको आज साधारण सभा आज सम्पन्न भएको छ । भेरीगंगा ९ जहरेमा आज संस्थाको साधरण सभा सम्पन्न भएको हो ।

सस्थाको चौथौ साधरण सभामा सस्था र सस्थाको सामाजिक कार्यमा सहयोग गर्ने व्यक्तिहरुलाई सम्मान गरिएको अध्यक्ष मानबहादुर बस्यालले जानकारी दिनुभयो । सस्थाले विगत ४ बर्षदेखि पुर्वी सुर्खेतमा सामाजिक र मानवीय सेवाका कार्यहरु गर्दै आएको छ । नेपाल पिछडा वर्ग किसान संघ कर्णाली प्रदेश अध्यक्ष छविलाल गौतमको प्रमुख आतिथ्य र सस्थाका अध्यक्ष मानबहादुर बस्यालको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि गौतमले सस्थाले समाजिक कार्यहरु गर्दै आएको बताउँदै अझै प्रगतिको कामना गर्नुभयो ।

कार्यक्रममा भेरीगंगा नगरपालिका वडा नम्बर ८ का वडाअध्यक्ष पदम केसी, ७ का अध्यक्ष कर्णबहादुर मिजार, भेरीगंगा नगर प्रमुख स्वकीय सचिव खगेन्द्र नगाल, विभिन्न राजनैतिक दल, सामाजिक संघस्थाका प्रतिनिधीको सहभागीता रहेको थियो ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here