सिडिसीद्धारा अपाङ्गता भएका विकलाई व्हिलचियर सहयोग

0
364

सुर्वण बस्याल, बैशाख १२ सामुदायिक विकास केन्द्र सिडिसी नेपाल भेरीगंगाले वडा नम्बर ६ निवासी अपाँगता भएका असाहय व्यक्तिलाई व्हिलचियर वितरण गरेको छ ।

सस्थाले भेरीगंगा–६, किच निवासी बलबहादुर बिकलाई हिजो एक कार्यक्रमका बिच एकथान व्हिलचियर हस्तान्तरण गरेको हो । सिडिसी नेपाल सस्थाका वरिष्ठसदस्य शिशिर चन्दको सहयोगमा असाहय तथा अपांग बलबहादुर बिकलाई सामग्री हस्तान्तरण गरिएको हो । व्हिलचियर वितरण कार्यक्रम समाजसेवी तथा सहयोगी शिशिर चन्दको आर्थिक सहयोग र स्थानीय रामबहादुर खड्काकाृ सहजीकरणमा वितरण भएको हो ।

कार्यक्रममा सस्थाका अध्यक्ष मानबहादुर बस्याल, समाजसेवी रामबहादुर खड्का, कुलबहादुर बिसी, पत्रकार सुबर्णबाबु बश्याल लगायतको उपस्तिथि थियो ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here