होमबहादुर कार्की, गुर्भाकोट, फागुन २४ सुर्खेत- १११ औ अन्तर्राष्ट्रिय महिला दिवसमा गुर्भाकोट नगरपालिका २ मालारानीमा साँस्कृतिक कार्यक्रम गरि मनाएको छ । सोमबार मालारानीस्थित जनज्ञान मा.बि.कोट्खोलामा “महिला को सुरक्षा सम्मान र रोजगार सम्रद्व नेपाल को आधार भन्ने मुल नारासहित १११ औ अन्तर्राष्ट्रिय महिला दिवस मनाइएको हो ।
जनज्ञान भण्डार माबि कोटखोलाको आयोजनामा र गुर्भाकोट वडा नम्बर २ को सहयोगमा साँस्कृतिक कार्यक्रमसहित दिवस मनाइएको छ । सास्कृतिक कार्यक्रमलाई निर्णायक मन्डलको नतिजाबाट पहिलो दोस्रो र तेस्रो स्थानमा हुनेलाई सम्मान र नगद वितरण गरिएको थियो । प्रतियोगितामा बिद्यालयका छात्रा टीका कार्की प्रथम स्थान ल्याउन सफल भईन् । गुर्भाकोट नगरपालिकाका उप–प्रमुख मैना बिकको प्रमुख आतिथ्य र गुर्भाकोट २ का वडाअध्यक्ष नोखबहादुर वली र वडासचिब निरुता आचार्यको विशेष अतिथीमा कार्यक्रम आयोजना भयो । कार्यक्रममा वडा सदस्यहरु सुरेन्द्रप्रसाद ढकाल, बालकृष्ण डिसि, तिला टमोटा, कल्पना वली, विद्यालय व्यवस्थापन समिति सल्लाहकार खिमानन्द ढकाल, सदस्यहरु झुमा रखाली, रिमा रखाली, महिला संघका अध्यक्ष सीता भन्डारी, शिक्षक संघका सदस्य चन्द्रा ढकाल लगायतको सहभागीता रहेको थियो । विद्यालय व्यवस्थापन समिति सदस्य राधा ढकालको सभापतित्वमा दिवस मनाइएको हो । कार्यक्रममा सम्बोधन गर्दै प्रमुख अतिथी मैना बिकले १११औ महिला दिवसको सुभकामना दिदै महिला दिदिबहिनिहरु घरभित्रको चुलोमा मात्र सिमित नभइ महिला सुरक्षा हकअधिकारको बारेमा जानकारी लिई महिला अधिकार सम्बन्धी विभिन्न निकायहरुसंग आवद्ध भै अघि बढ्नुपर्ने बताउनुभयो । महिला दमन शोषणको अन्त्य हामीहरुले नै गर्नुपर्छ भन्दै विशेष अतिथी निरुता आचार्यले बताउनुभयो । महिला हक र अधिकार सम्बन्धी संदेश मुलक भनाइहरु पालैपालो सम्पुर्ण अतिथीले आआफ्नो भनाइ राख्नु भयो । कार्यक्रममा विभिन्न किसिमका सास्कृतिक कार्यक्रम समेत रहेको थियो ।

कार्यक्रमलाई समापन गर्दै सभापती राधा ढकालले नारी आवाजको कुरा राख्दै आफ्नो भनाइ राख्नु भएको थियो । कार्यक्रमको उद्घघोषण सोही बिद्ययालयका शिक्षिका माया गाहाले गर्नुभएको थियो । कार्यक्रममा शिक्षक शिक्षिका बिधार्थी लगाएत स्थानियको समेत सहभागिता रहेको थियो ।

 

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here