साँढे ४ करोड लगानीको डुमकोट संग्राहल शिलान्यास

0
726

किशोर बस्याल, सुर्खेत माघ २६- भेरीगंगा नगरपालिका वडा नम्बर ८ मा निर्माणाधीन साँढे ४ करोडको डुमकोट दलित संग्राहलयको बुधबार आज एक कार्यक्रमका बिच शिलान्यास गरिएको छ । नगरपालिका प्रमुख मेयर भुपेन्द्रबहादुर चन्दले आज एक कार्यक्रमका बिच डुमकोट दलित संग्राहलय भवन निर्मणको शिलान्यास गर्नुभएको हो ।

संघीय सरकार र भेरीगंगा नगरपालिकाको संयुक्त लगानी ४ करोड ४५ लाखमा बन्ने संग्राहलयको उद्घाटन गर्दै मेयर चन्दले नगरको बृह्तर योजना र महत्वपूर्ण विकास कार्यका रुपमा डुमकोट संग्राहलय रहेको भन्दै समयमा काम सम्पन्न हुने आशा व्यक्त गर्नुभयो । संग्राहलयको काम सम्पन्नपछि नगरको पर्यटन विकासमा सहयोग पुग्ने र कर्णाली प्रदेशकै नमुना पर्यटन क्षेत्र बन्ने मेयर चन्दले दावी गर्नुभयो । शिलान्यास कार्यक्रममा वडा नम्बर ८ वडाअध्यक्ष पदम केसी, नगरकार्यपालिका सदस्य रमना परियार, प्रतिक्षा विकले निर्माण कम्पनीले तोकिएको मापदण्ड र समयमा काम सक्न सुझाव दिनुभयो । उहाँहरुले भेरीगंगा र पुर्वी सुर्खेतको पर्यटन विकासदेखि रोजगार विकासमा डुमकोट दलित संग्राहलयले सहयोग गर्ने दावी गर्नुभयो । डुमकोट दलित संग्राहलय तीन तले ४२ कोठेको बन्ने छ । ४ करोड ४५ लाख बजेटमा ३० प्रतिशत लगानी भेरीगंगा नगरपालिका र ७० प्रतिशत लगानी ंसंघीय सरकारको रहेको छ । संग्राहलय निर्माण ठेक्का न्यु विशाल कन्ट्रक्शन नेपालगन्जले पाएको छ । संग्राहलय शिलान्यासंगै निर्माण कामको सुरुवात भएको छ । डुमकोट डाडा पर्यटन क्षेत्र भेरीगंगा वडा नम्बर ७ र ८ को मुख्य पर्यटन क्षेत्रका रुपमा रहेको छ । करिव ७०० बर्ष पहिला डुमकोटी राजाले राज्य गरेको डुमकोटडाँडा र डुमकोटी राजाको स्थान यही पर्दछ ।


दलित डुमहरुको राजाले कुनै समयमा राज्य गरेको हुँदा यो डाडाको नाम नै डुमकोट रहन गएको भन्ने भनाई छ । वि.स. १३७० अवधिमा डुमकोटी राजाले राज्य गरेको एतिहासिक डुमकोट डाडा अहिले पर्यटन स्थलका रुपमा परिचित हुँदै आएको छ । डुमकोटी राजाको राज्य र राजधानी रहेको डुमकोट डाडा पर्यटकिय स्थल बनाउन अहिले यसको खोज, उत्खनन, अनुसन्धान, सडक विस्तार भैईरहेको छ ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here