सल्यानको कालिमाटीमा दश हजारले मतदान गरे

0
278
दिलिप ढकाल गुर्भाकोट बैशाख ३१-सल्यानको कालिमाटी गाउपालिकामा शान्तिपूर्ण र उत्साह पुर्बक मतदान सम्पन्न भएको छ । बिहान समयमै सुरु भएको मतदान प्रक्रिया साझ करिब ६ बजे तिर सम्पन्न भएको हो ।
हावा हुरि र पानी का कारण दिउँसो करिब आधा घन्टा जति मतदान प्रक्रिया रोकिय पनि पानी कम भए पछि पुनः मतदान प्रक्रिया सुरु भएको थियो । कालिमाटि गाउँ पालिका मा जम्मा १५,०८६ जना मतदाता रहेका थिय।जसमा १०,१६६ जनाले मतदान प्रक्रियामा सहभागी भएर आफ्नो मताधिकार प्रयोग गरेका थिए भने ४९२० जना मतदान प्रक्रियामा सहभागी भएनन् । मतदान प्रक्रियामा सहभागी १०१६६ जना मध्य पुरुष ४८२४ जना र महिला ५३४२ रहेका छन।  सबै वडा बाट मत पेटिका प्राप्त भए पश्चात् सर्बदलिय बैठक बसि बिहानै दखि देखि नै मत गणना सुरु भएको कालिमाटी  गाउँ पालिका का प्रमुख प्रशासकीय अधिकृत तथा कालिमाटी गाउँ पालिका का सहाएक निर्बाचन अधिकृत हरिबहादुर खत्रीले जानकारी दिनुभयो ।
निर्बाचन लाई सब्य भब्य र उत्साह पुर्बक सम्पन्न गर्न सहयोग गरेकोमा सम्पुर्ण राजनितिक दल लगाएत कालिमाटी गाउपालिका का सम्पुर्ण जनता लाई निर्बाचन अधिकृत को कार्यालय कालिमाटीले हार्दिक धन्यवाद ब्यक्त गरेको छ ।

 

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here