भेरीगंगा, कार्तिक १४- भेरीगंगा जेसीज बर्ष २०२१ को समुदायमा जेसीज २०२१ कार्यक्रम भेरीगंगा नगरपालिकामा उद्घाटन गरिएको छ । समुदाय स्तरमा दास्रो कार्यक्रका रुपमा शुक्रबार भेरीगंगा नगरपालिकाको छिन्चुमा ट्राफिक सचेतना तथा स्लोबाईक प्रतियोगिता कार्यक्रम सम्पन्न भएको भेरीगंगा जेसीज महासचिव नवराज कार्कीले जानकारी दिनुभयो ।

समुदायमा जेसीजको पछिल्लो कार्यक्रमका रुपमा हाजिरीजवाफ प्रतियोेगिता समेत सम्पन्न भएको छ । उक्त कार्यक्रममा भेरीगंगाका ९ वटा माध्यामिक विद्यालयको सहभागीता रहेको थियो । जसमा शिखर मावि रामघाट प्रथम, नेरा मावि लोदे दृतीय, नेरा मावि भर्याङ्ग तृतीय र बाल विद्या मन्दिर सान्त्वता भएका छन् । भेरीगंगा जेसीजका कारकार्यणी उपाध्यक्ष गणेशबहादुर वलीको संयोजकमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा विरेन्द्रनगर जेसीज जुनियर जेसीज बर्ष २०२१ का अध्यक्ष जनक बुढा, विरेन्द्रनगर जुनियर जेसीजका शाखा सम्पादक दुर्गाप्रसाद शर्मा, विभिन्न विद्यालयका शिक्षकहरु, शारदा माविका प्रअ जितेन्द्र वली, भेरीगंगा नगरपालिका सदस्य रमाना दमाई, वडा १२ का अध्यक्ष हरिप्रसाद कडेलको उपस्थितीमा भएको थियो ।


प्रमुख अतिथिका रुपमा भेरीगंगाका उपमेयर रेणु आचार्यको उपस्थिती रहेको थियो । कार्यक्रमको अध्यक्षता भेरीगंगा जेसीज २०२१ का अध्यक्ष रामु सुवेदीले गर्नुभएको थियो ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here