समाजसेवी तथा पुर्ववडा अध्यक्ष नगालको मृत्यु

0
633

गुर्भाकोट,साउन ११- विगत १० महिनादेखि क्यान्सर रोगसंग लड्दै आउनु भएका गुर्भाकोट- ६ गैले निवासी ७४ बर्षीय बलबहादुर नगालको सोमबार विहान मृत्युु भएको छ। तत्कालिन मेहेलकुना वडा नम्बर ६ का निर्वाचित वडाअध्यक्ष समेत रहेका नगालको सोमबार विहान ३:३० बजे घरमै मृत्युु भएको हो ।

युवा नेता तथा भेरीगंगा नगर प्रमुखका स्वकिय सचिव खगेन्द्र नगालका पुजनीय बुवा भुर्भाकोट ६ गैले निवासी ७४ बर्षीय बलबहादुर नगालका वुवा समेत रहनु भएका मृतक नगाल पुर्व निर्वाचित वडाअध्यक्ष, नेपाल कांग्रेस क्षेत्रीय सदस्य/ क्षेत्रीय प्रतिनिधी, समाजसेवी, राजनितिज्ञका रुपमा परिचित हुनुहुन्छ । विगत १० महिनादेखि क्यान्सर रोगबाट थला परेका नगाल चितवन क्यान्सर अस्पतालमा लामो समयदेखि उपचार्थ हुनुहुन्थ्यो । नगालको मृत्युले गुर्भाकोटले स्थानीय अग्रज, समाजसेवी, अगुवा र विकासप्रेमी नेता गुमाएको छ।

विगत ५० बर्गदेखि नेपाली कांग्रेसका क्रियाशील रहेका नगालको मृत्युले एक असल र ईमान्दार अविभावत्व पार्टीले गुमाएको नेपाली कांग्रेस गुर्भाकोट नगर सभापति हस्त पुनले बताउनुभयो । मृतक नगालका ४ छोरा, २ छोरी र २ धर्मपत्नी रहनुभएको छ। उहाको आजै भेरी नदिमा अन्तिम दाहसंस्कार गरिने कार्यक्रम रहेको छ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here