संचारमाध्यम स्थानीय सरकारका विकास साझेदार

0
449

भेरीगंगा, माघ १८-गत बुधबारबाट सूरु भएको भेरीगंगा नगरपालिकास्तरीय पाँच दिने पत्रकारिता तालिमको आईतबार समापन शत्रका सहभागीले संचार माध्यम स्थानीय निकायका विकासका साझेदार भएको बताएका छन् । बिजि मिडिया गु्रप भेरीगंगाको आयोजना र भेरीगंगा नगरपालिकाको सहयोगमा संचालित एक वडा एक पत्रकार उत्पादन अन्तर्गत नगरस्तरीय पत्रकारिता तालिम समापनका अतिथिले स्थानीय विकासमा हातेमालो गर्नुपर्ने बताएका हुन् ।

तालिम समापनका प्रमुख अतिथि तथा भेरीगंगा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत जगतबहादुर बस्नेतले तालिममा सिकेका कुराहरु व्यवहारमा रुपमा प्रयोग गर्न र वडा वडाका गतिविधी संचार माध्यममा ल्याउन लाग्नुपर्ने बताउनुभयो । विकासमा संचार माध्यम एक खम्का रुपमा रहेको बताउँदै बस्नेतले वडा, नगरपालिकाका समग्र विकासमा सबै प्रशिक्षार्थी पत्रकार लाग्नुपर्ने औल्याउनुभयो । समापन कार्यक्रममा विशिष्ट अतिथि भेरीगंगा नगरपालिका वडा नम्बर ८ अध्यक्ष पदम खत्रीले तालिम समापनपछि प्रशिक्षार्थीले कसरी संचार माध्यममा नगरका विषयवस्तु उठान र उजागर गर्छन् त्यसमा तालिमको महत्व र औचित्य पूरा हुने बताउनुभयो । नगर क्षेत्रमा संचालित मिडिया र पत्रकारका लागि कार्यपालिकाले आवश्यकता हेरर सहयोग गर्ने जानकारी दिनुभयो । तालिम समापन शत्रमा बोल्दै पत्रकार तथा प्रशिक्षक जेवि सुनार, समुदायिक विकास केन्द्र अध्यक्ष मानबहादुर बस्याल, कर्णाली बांग्यमय प्रतिष्ठान अध्यक्ष सीता यरीले एक वडा एक पत्रकार तालिम अभियान कर्णाली प्रदेशमा नँया सूरुवात भएको भन्दै आयोजक र नगरपालिकाको कार्यको संरहणा गर्नुभयो । नगरपालिकाले पत्रकार र संचार माध्यमका लागि विकास र संचारमा साझेदारी जरुरी रहेको सुझाव दिनुभयो ।

भेरीगंगा नगरपालिकाका १३ वडामा दक्ष पत्रकार उत्पादनका लागि तालिम सुरु भएको हो । तालिममा १३ वडाका ३२ जनाको सहभागीता रहेको थियो । तालिम अवधिभर प्रशिक्षक जेवि सुनार, टेकेन्द बस्याल, कुलबहादुर खड्का, खगेन्द्र सुनार, ललित बसेल र गणेश बिशुले सहभागीलाई सहजीकरण गर्नुभयो । तालिममा प्रशिक्षक जेवि सुनार, ललित बसेल, साहित्यकार सीता यरी र नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत जगतबहादुर बस्नेतलाई सम्मान गरियो ।

 

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here