वनमा लागेको आगोले सल्यानमा जलेर एकको मृत्यु

0
181

सल्यान, असार ४ -सल्यान जिल्लाको शिद्वकुमाख गाउँपालिका वडा नं. ३ डाँडाकटेरीका ५७ बर्षिया दलवहादुर बुढाथोकीको आगोमा चलेर निधन भएको छ ।

वनमा लागेको आगो निभाउने क्रममा उनको मृत्यु भएको हो । शुक्रबार रातीदेखि दुबेरीचौर सामुदायिक वन र हलुवारे सामुदायिक वनमा लागेको आगो निभाउने क्रमममा बुढाथोकीको आगोको लप्कोले जलेर मृत्यु भएको प्रहरीले जनाएको छ ।वनमा खोटोको काम गर्ने बुढाथोकीले आगोबाट खोटोका बाकस जोगाउने क्रममा आगोका लप्काले जलेर ज्यान गएको बताइएको छ ।

स्थानीयका अनुसार बुढाथोकी खोटोको काम गर्ने भएका कारणले खोटोको बाकसहरु बचाउने क्रममा दिउँसो करिव १२ बजे तिर आगोमा परेर मृत्यु भएको हो ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here